0
फाईल तस्विर
निजगढसमाचार, निजगढ, ९ फागुन 
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले जारी खेलमा आयोजक न्यु जन जागृति युवा क्लबले अग्रता लिएको छ । बाराको निजगढ–५ पुर्वटोल स्थित खेल मैदानमा चपुर ११ लाई एक गोल गर्दै आयोजकले अग्रता लिएको हो । आयोजकका लागि राजु श्रेष्ठले खेलको ३७ औं मिनेटमा गोल गर्दै टिमको लागि खाता खोलेका हुन् । चपुर राजु लामाको कप्तानीमा मैदान छ भने आयोजक युवराज लामाको कप्तानीमा छ ।
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप नारासहित संचालन भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद र कप तथा मेडल पाउने छ । त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् ।

Post a Comment

 
Top