0
हामी लोकतन्त्रमा विश्वास गछौं । राजनीतिक दलहरु लोकतन्त्रका गहना हुन् । राजनीति र संचार जगत विचको सम्बन्ध बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ । स्वतन्त्र प्रेस नै लोकतन्त्रको सुचक पनि हो । जुन देशमा प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र फस्टाउँदैन् । यसरी के बुझ्न सकिन्छ भने सबल लोकतन्त्रको आधार र सुचक पनि हो प्रेस स्वतन्त्रता ।
स्वतन्त्र प्रेसको लागि राजनीतिक दल र लोकतन्त्रको लागि संचार जगतले सधैं खबरदारी गरिरहनु पर्दछ । हिजो जन आन्दोलनका क्रममा राजनीतिक दल र पत्रकार संगसंगै एउटै मोर्चामा थिए । आज लोकतन्त्र प्राप्ती पछिको लोकतान्त्रिक संविधानको कार्यान्वयका क्रममा छौं हामी । प्रेस जगत पनि लोकतान्त्रिक संविधान कार्यान्वयको लागि भुमिका निभाई रहेको छ । 
प्रेस जगतले सधैं दलिय एकतालाई जोड दिदैँ आएको छ । द्धन्द्ध न्यूनिकरण र एकता यसको मुल मर्म हो । लोकतन्त्रको अभ्यासका क्रममा संचार जगतले आलोचनात्मक टिप्पणी, रचनात्मक सुझाब र खबरदारीपूर्ण भुमिकामा छौं हामी । संविधानको सफल कार्यान्यनको लागि राष्ट्रिय एकता प्रमुख सर्त हो । त्यस्तै राष्ट्रिय तथा स्थानीय विकासको लागि पनि दलहरु विच एकता कायम हुन जरुरी छ । हामी एकताको लागि दबाब दिन्छौं, हिजो संविधान घोषणाको स्वागतमा निजगढका दलहरुले एकता प्रदर्शन गर्न चुकेको भन्दै हामीले कलम चलाऔं । 
निजगढको सन्दर्भमा मुख्य राजनीतिक दलहरुको विचमा साझा सहमति आवश्यक छ । यहाँको विकास र हरेक अभियानको सफलताको पछाडी एकताको धेरै महत्वपूर्ण भुमिका रहन्छ । फास्टट्याक, अन्र्तराष्ट्रिय विमानस्थल, स्मार्ट सिटी, सिचाई आयोजना, पर्यटकीय क्षेत्रको विकास लगायत स्वाथ्य, शिक्षा, सडक जस्ता महत्वपूर्ण सवालमा हामी दलहरुका विच एकताको कामना गछौं । 
एकताको लागि दलको नेतृत्व गर्ने नेताहरुको महत्वपूर्ण भुमिका हुन्छ । उहाँहरुको ईच्छा शक्तिमा भर पर्छ । भर्खरै नेपाली कांग्रेस निजगढ नगर ईकाइको सभापतिमा महेसी कुमर निर्वाचित हुनु भएको छ । उहाँबाट हामी आगामी दिनमा निजगढमा मुख्य दलहरु विच एकता कायम गरेर अघि बढ्नु हुनेछ भन्ने अपेक्षा राख्दछौं ।   

Post a Comment

 
Top