0
फाईनल भिडन्त आरएफसी चितवनसंग हुने




निजगढसमाचार, निजगढ, १३ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत आज भईरहेको खेलमा वीरगंज युथ एकेडेमी पर्साले विजयी भएको छ । चपुर ११ विरुद्ध वीरगंज ३–१ गोल अन्र्तरले बिजयी भएको हो । वीरगंजको लागि दोस्रो हाफको २८ औं मिनेटमा चर्तुधन चौधरी र २४ औं मिनेटमा कृष्ण शाक्यले गोल गरेका छन् । कृष्णले नै मध्यान्तर अघिको २४ औं मिनेटमा नै गोल गरेका थिए ।  चपुरको लागि सान्त्वना गोल २५ औं मिनेटमा टिमको तर्फबाट राजु लामाले गरे । आज विजयी भएसंगै बीरगंज फाईनल प्रवेश गरेको छ । शनिबार हुने फाईनल खेलमा उसको भेट आरएफसी चितवनसंग हुनेछ ।
आजको खेलको म्यान अफ द म्याच बीरगंजका कृष्ण शाक्य भए । उनलाई आयोजक न्युन जनजागृती क्लबका संस्थापक सदस्य यज्ञप्रसाद गौतम ‘कुमार’ ले कप वितरण गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार सहित कप तथा ट्रफि र उपविजेताले २५ हजार नगद सहित कप तथा ट्रफि पाउने छ ।

Post a Comment

 
Top