0
निजगढसमाचार, निजगढ, १२ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आरएफसी चितवन विजयी भएको छ । निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा संचालन भएको खेलमा बारा युथ क्लब विरुद्ध चितवनले ३–२  एक गोलले बिजयी भएसंगै फाईनलको लागि सुरक्षित भएको छ । चितवनको सुरुवाति ७ औं मिनेटमा दिपक भुजेलले पहिलो गोल गरेका थिए । चितवनको लागि लगत्तै १३ औं मिनेटमा सरोज रानाले टिमको लागि दोस्रो गोल गर्दै थप अग्रता दिलाएका थिए । खेलको मध्यान्तर पछि बारा युथका लागि अक्षय कुमरले ५७ औं मिनेटमा टिमको लागि पहिलो गोल गरे । खेलको ६९ औं मिनेटमा टिमको लागि मोहन थापाले दोस्रो गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच चितवनका दिपक भुजेल घोषित भए । उनलाई आयोजक न्युन जनजागृती क्लबका संस्थापक कोषाध्यक्ष यज्ञ प्रसाद गौतमले कप वितरण गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलीबाट दोस्रो सेमिफाईनल खेल अन्र्तगत चपुर ११ र बीरगंज युथ एकेडेमी बिच खेल हुने आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

Post a Comment

 
Top