0
आयोजक विरुद्ध चपुर ११ को ४–२ गोल
निजगढसमाचार, निजगढ, ९ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक न्यु जन जागृति युवा क्लबलाई ४–२ गोल अन्र्तरले पाखा लगाउ“दै चपुर ११ विजयी भएको छ ।
खेलको पहिलो मध्यान्तर अघि ३७ औं मिनेटमा पहिलो गर्दै अग्रता लिएको आयोजकलाई खेलको ५१ औं मिनेटमा राजु लामाले गर्दै बराबरीमा पु¥याएका थिए । खेलमा चपुरका लागि कप्तान राजु लामाले ह्याट्रिक पुरा गरेका थिए । राजुले ५१ औं मिनेटमा पहिलो गोल गरेका थिए । ६६ र ६६ मिनेटमा लगातार गोल गर्दै राजुले ह्याट्रिक पुरा गरेका हुन् । न्यु जन जागृति युवा क्लबका लागि दुवै गोल राजु श्रेष्ठले गरेका थिए । राजु श्रेष्ठले ३७ र ६७ मिनेटमा गोल गरे ।
आजको खेलमा चपुरका लागि कप्तान राजु लामा म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका संस्थापक सदस्य उद्धब प्रसाद चौलागाईले कप हस्तान्तरण गरेका छन् ।
प्रतियोगिता अन्र्तगत भोली बारा युथ एकेडेमी र एबीसी क्लब काठमाण्डौं विच खेल हुने छ ।
‘हाम्रो पौरख निजगढको गौरव’ नारा सहित गोल्डकप नारासहित संचालन भएको प्रतियोगिताको विजेता टोलीले ५० हजार नगद र कप तथा मेडल पाउने छ । त्यस्तै उपविजेताले टोलीले २५ हजार नगद सहित कप तथा मेडल पाउने छ । सर्वाधिक गोल्डकर्ता र सर्वोत्कृष्ट खेलाडीले कप तथा मेडल पाउने छन् । दैनिक उत्कृष्ट खेलाडीले कप पाउने छन् ।
प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए । प्रतियोगितामा चपुर ११ रौतहट, कस्तुरी युवा क्लब लाहान, विरगंज युथ एकेडेमी पर्सा, एबीसी क्लब काठमाण्डौ, हेटौडा ११ मकवानपुर, लालबन्दी स्पोर्टस क्लब बारा युथ एकेडेमी, निजगढ युवा क्लब, आर एफ सी क्लब चितवन, मौवादेवी युवा क्लब बारा, न्यु जन जागृति युवा क्लब सहभागि हुने जनाएको छ ।

Post a Comment

 
Top