0

  • मधु तिमल्सिना

नेपालको सबै भन्दा ठुलो पार्टी नेपाली कांग्रेस अहिले महाधिवेशनको संघारमा छ । १३ औं महाधिवेशनको यो श्रृखला सर्वत्र छाउँदै गर्दा पार्टी सभापति आर्दनिय शसिल कोईरालाको दुःखद् निधनले कांग्रेसीहरुको महान चाड नै खल्लो बनेको छ ।
सबै कांग्रेसीहरुको मुखबाट एउटै शब्द उच्चारण भएको सुनिन्छ र म पनि श्रद्धाञ्जली स्वरुप भन्छु–अलविदा शुसिल दा ! जहासनय राणा शासन अन्याय–अत्याचारको विरुद्धमा संगठित भई हुकुमी शासनको अन्त्य गरि देशमा प्रजातन्त्रको स्थापना हुँदै गर्दा पार्टीको आन्तरिक प्रजातन्त्रको जग बलियो बनाउनु ठुलो चुनौति थियो । राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दश एवं सिद्धान्त अनुरुप बहुदलिय लोकतान्त्रिक गणतन्त्र तथा संसदीय प्रणालीको माध्यमबाट देशमा न्यायपूर्ण र गतिशील समाज निर्माण गरि सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्नु नेपाली कांग्रेसको प्रमुख उद्देश्य थियो र हुने पनि छ ।
कांग्रेस महाधिवेशन
स्थापनादेखिको १३ औं महाधिवेशनको प्रतिक्षाको घडि अब दिनमा रुपमान्तरित भएको अवस्थामा विगतका महाधिवेशनको एक सामान्य झल्क म प्रस्तुत गर्दैछु ।
वि.स. २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशन भयो । त्यसको संयोजक हुनुहुन्थ्यो वि.पी. कोईराला । त्यस्तै वि.स. २००३ साल माघ १२–१३ गते भवानीपुर कलकत्तामा टंक आर्चायको संयोजकत्वमा नेपाली राष्ट्रिय कांग्रेसको महाधिवेशन भयो । वि.स. २००४ सालमा कार्यबाहक सभापति डिल्ली रमण रेग्मी बने  ।  वि.स. २००९ साल श्रावण १ मा नेपाल प्रजातन्त्र कांग्रेसको महाधिवेशबाट महेन्द्र विक्रम शाह सभापति हुनु भयो ।
दुबै पार्टी एकिरण पश्चात नेपाली कांग्रेस गठन भयो ।  वि.स. २००६ चैत्र २७ गते कलकत्तामा (पहिलो महाधिवेशन) भयो । महाधिवेशनबाट मातृका प्रसाद कोईराला सभापति र महेन्द्र विक्रम शाह महामन्त्री हुनुभयो । वि.स. २००९ जेष्ठमा जनकपुरमा दोस्रो महाधिवेशन भयो । महाधिवेशनबाट वि.पी. कोईराला सभापति र धनमान सिंह परियार र राजेश्वरी प्रसाद उपाध्याय हुनु भयो । त्यस्तै बीरगंजमा वि.स. २०१२ माघमा तेस्रो महाधिवेशन भयो । महाधिवेशनबाट सुवर्ण शम्सेर सभापति हुनु भयो भने विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री बन्नु भयो । वि.स. २०१४ विराटनगरमा भएको चौथो महाधिवेशनबाट पुनः वि.पी. कोईराला सभापति हुनु भयो  । त्यस्तै सुर्य प्रसाद उपाध्याय र गणेशमान सिंह महामन्त्री हुनु     भयो । वि.स. २०१७ बैशाख २५–३१ काठमाण्डौं भएको पाँचौं महाधिवेशनबाट पनि वि.पी. कोईराला सभापति बन्नु भयो । त्यस्तै श्रीभद्र शर्मा महामन्त्री हुनु भयो ।
वि.स. २०३३ सालमा पुर्नगठित छैठौं महाधिवेशन सम्पन्न भयो । त्यसको कार्यबाहक सभापति हुनु भयो–कृष्ण प्रसाद भट्टराई । महामन्त्री हुनु भयो–गिरीजा प्रसाद कोईराला र पर्शुनारायण चौधरी ।
वि.स. २०४२ सालमा पुर्नगठित सातौं महाधिवेशन भयो ।  महाधिवेशनबाट कार्यबाहक सभापति हुनु भयो–कृष्ण प्रसाद भट्टराई र महामन्त्री गिरीजा प्रसाद कोईराला हुनुभयो ।
त्यस्तै झापामा वि.स. २०४८ सालमा आठौं महाधिवेशन भयो । त्यसबाट कृष्ण प्रसाद भट्टराई सभापति र महेन्द्र नारायण निधि महामन्त्री हुनुभयो । वि.स. २०५३ सालमा काठमाण्डौंमा भएको नवौं महाधिवेशनबाट गिरीजा प्रसाद कोईराला सभापति र शुसिल कोईराला र तारानाथ रानाभाट महामन्त्री हुनु भयो ।
वि.स. २०५४ सालमा पुर्नगठित (दशौं महाधिवेशन) बाट गिरीजा प्रसाद कोईराला सभापति र महामन्त्री बासुदेव रिजाल र तारानाथ रानाभाट भए । त्यस्तै वि.स. २०५७ पोखरामा एघारौं महाधिवेशनबाट पनि पुनः गिरीजा प्रसाद कोईराला सभापति र महामन्त्री शुसिल कोईराला हुनु भयो ।
एकिरण पश्चात सभापति गिरीजा प्रसाद कोईराला, बरिष्ठ नेता शेर बहादुर देउवा, कार्यबाहक सभापति शुसिल कोईराला, महामन्त्री कुल बहादुर गुरुङ, डा. रामबरण यादब, विमलेन्द्र निधि हुनुभयो ।
वि.स. २०६७ असोज १–५ मा बाहै महाधिवेशनबाट शुसिल कोईराला सभापति र प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौंला महामन्त्री हुनुभयो ।
संगठन
नेपाली कांग्रेसको आदर्श, उद्देश्य र कार्य पद्धतिमा विश्वास राख्ने नेपाल मुलुकभरका एवं विश्वका कुनै पनि कुनामा अस्थायी बसोबास गरिरहुन भएका नेपाली नागरिक रु. १० तिरी यसको साधारण सदस्य बन्न सक्ने छ । साधारण भएको कम्तिमा दुई वर्षसम्म नेपाली कांग्रेसको संगठनलाई मजबुद बनाउन लागि पर्ने नेपाली नागरिक नेपाली कांग्रेसको क्रियाशिल सदस्य बन्न सक्दछन् । नेपाली कांग्रेसको माथिल्लो निकाय महाधिवेशन हो । हरेक ४÷४ वर्षमा हुने महाधिवेशनबाट केन्द्रिय समिति बन्दछ । केन्द्रिय समिति, महासमिति, जिल्ला समिति, क्षेत्रिय समिति, नगरसमिति, गाँउ समिति हुदैँ वडासम्म यसको संगठन छ ।
यसको अलावा नेपाली कांग्रेसको केन्द्रिय समिति अन्र्तगत विदेशमा रहेका नेपालीहरुको जनसम्पर्क समितिहरु एवं विभिन्न विभागहरु रहेका छन् ।
सांगठनिक संरचना
–वडा/गाँउका साधारण सदस्यहरुबाट क्रियाशिल सदस्यहरु छानिनेछन् ।
–क्रियाशिल सदस्यहरु मध्येबाट वडा/गाँउ नगर ईकाइ समिति बन्दछ ।
–वडा/गाँउ÷/नगर ईकाइबाट महिला, दलित, जनजाती, अल्पसंख्यकहरुलाई अनिर्वाय प्रतिनिधित्व गराई समावेशी तरिकाले क्षेत्रिय प्रतिनिधिहरु छानिनेछन् ।
–क्षेत्रिय प्रतिनिधिहरुबाट क्षेत्रिय समिति बन्दछ । क्षेत्रिय प्रतिनिधिहरुबाट नै एक क्षेत्रबाट क्षेत्रिय सभापति सहित समावेशी ढंगबाट १२ जना महाधिवेशन प्रतिनिधि एवं पाँच जना महासमिति सदस्यहरु छानिनेछन् ।
–महाधिवेशन प्रतिनिधिहरुमात्र जिल्ला सभापतिको उम्मेदवार हुन पाउने गरि क्षेत्रिय प्रतिनिधिहरु मध्येबाट जिल्ला समिति बन्दछ ।
–महाधिवेशन प्रतिनिधिहरुमात्र उम्मेदवार हुन पाउने गरि नेपाली कांग्रेसको केन्द्रिय समिति बन्दछ ।
१३ औं महाधिवेशन पश्चात समेट्नु पर्ने कुराहरु (सन्देश) 
–कृषिमा जनताको सहभागिता बृद्धि गर्न कृषि सहकारीको विकासका साथै कृषकहरुको उत्पादन बृद्धि एवं बजार ब्यवस्थापनको लागि प्रभावकारी प्रवन्ध गर्ने ।
–राज्यव्यवस्थाको लोकतान्त्रिकरण गर्दै स्थानीय जनप्रतिनिधि निकाय एवं स्वयमसेवी संस्थाहरुका माध्यमबाट ग्रामिण समुदायको शसक्तिकरण ।
–छुवाछुत जस्ता अमानविय भेदभावपूर्ण सामाजिक ब्यवहारका विरुद्ध समाजिक आन्दोलनको निर्माण गर्दै बाल, बृद्ध, अपाङग, दलित एवं पिछडिएका जनजातिलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने ।
–शिक्षालाई निःशुल्क एवं अनिर्वाय गराई निजि सार्वजनिक शैक्षिक संस्थाहरुको बढ्दो स्तर अन्र्तरका कारण बृद्धि हुदैँ गएको असमानतालाई न्यूनिकरण गर्दै शैक्षिक प्रतिष्ठानभित्रको राजीनितिकरणलाई रोक्ने ।
–मादकपदार्थ सेवन, जुवातास, चेलिबेटी बेचविखन विरुद्ध सामाजिक जागरण ल्याउदै महिलाप्रति गरिने पारिवारिक एवं सामाजिक हिंसाको विरुद्ध समाजिक आन्दोलन गर्ने ।
–नेपालकै कर्चापदार्थ उपयोग गरेर नेपाली कामदारहरु परिचालन गरि नेपाली जनताले सुपथ मूल्यमा उपयोग गर्न पाउने समानको उत्पादन गर्ने उद्योगधन्दा संचालन गर्ने ।
–लेखक नेपाली कांग्रेसक निजगढका क्रियाशिल सदस्य हुन् ।

Post a Comment

 
Top