Latest News

0

मायाको चिनो स्वरुप भगवान गौतम बुद्धको मुर्ती ग्रहण गर्दै मन्त्री यादब
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–१० लालस्थित पल्युल साम्तेनलिङ गुम्बामा आजबाट सुरु भएको बुद्ध बचन, काग्युर पाठबचन, प्राणीदान महापुजामा सिचाई मन्त्री उमेश यादबले आफ्नो एक महिनाको तलब दान गर्नुभएको छ ।
गुम्बामा संचालनमा रहेको लामा पाठशालाको भवन निर्माणार्थ आयोजित महापुजाको उद्घाटन गर्दै मन्त्री यादबले पाठशाला निर्माणको लागि एक महिनाको पारिश्रमिक दान गर्ने घोषणा गर्नुभएको हो ।
भाषा, लिपी र धर्मको संरक्षणको लागि संचालनमा रहेको पाठशालाको लागि १० कोठे पक्की भवन निर्माण गर्ने काममा म पनि एउटा ईट्टा थप्न चाहान्छु, मन्त्री यादबले भने–यसले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने सम्भावना देखिन्छ ।
गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष राम लामाको सभापतित्वमा भएको कार्यक्रममा एमाओवादी प्रदेश नं. २ का सचिव एवं केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, एमाओवादी निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, खेम्बो गुरु गोगछेन तामाङ, निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिल बहादुर थिङ, निजगढ गाविसका निर्वमान अध्यक्ष एक बहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका चौलागाई, नेकपा (माओवादी क्रान्तिकारी) का निजगढ नगर संयोजक रविराज दंगाल, गौरीशंकर उमावि प्रचार्य शंकर कोईराला, सार्वजनिक मावि बागदेवका प्रअ हस्तबहादुर बल लगायतको मन्तब्य ब्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक कुमार मोक्तानले गरेका थिए ।
कार्यक्रममा एमाओवादी जिल्ला ईन्चार्ज ज्वाला साह, जनहित सामुदायिक वन समुहका अध्यक्ष ज्ञान बहादुर मोक्तान, शसस्त्र प्रहरी नायब उपरिक्ष निरंकार शुक्ला, प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिना, अन्र्तपार्टी महिला संजालकी अध्यक्ष अरुणा विक सहभागि थिए ।
यस अघि विहान काग्युर रिम्पोछे (पुस्तक) सहित निजगढ–८ देखि टासी छोईफेलिङ गुम्बा,  नगरपरिक्रमा गर्दै पल्युल साम्तेलिन गुम्बासम्म कलश यात्रा निकालिएको थियो । फागुन २१ गतेसम्म संचालन हुने महापुजाको संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्द प्रसाद पोखरेलले समापन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक कुमार मोक्तानले जानकारी दिए । १२ दिन सम्म संचालन हुने महापुजामा एक सय १६ ठेली पाठ ३० जना लामा भिक्षुहरुले बाचन गर्ने र समापनका दिन खेन्छेन नाम्डोल रिन्पोछेले वाङ प्रदान गर्ने कार्यक्रम छ ।
गुम्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गर्दै बौद्ध समुदायको धर्म, सांस्कृतिक र परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत ७ वर्ष अघि गुम्बा स्थापना भई लामा पाठशाला संचालन भईरहेको छ ।
महापुजामा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो । दान रकम अनुसार दाता सम्मान गरिने भएको छ ।
दाताहरुलाई दान रकम अनुसार रसिद प्याड, फ्रेम, दोसल्ला, शिलालेखमा नाम, ताम्रपत्रमा नाम, बुद्ध मूर्ती, थाङ्काले सम्मान गरिने आर्थिक समितिका संयोजक रेशन लामाले बताए ।
यसैविच पहिलो दिनमा नै करिब तीन लाख संकलन भएको   छ । सिमराका ब्यवसायि ईच्छा बहादुर वाग्लेले एक लाख, विजु थोकरबाट ५१ हजार एक सय एक , हस्तबहादुर बलबाट १० हजार एक सय ५१, तिर्थ माया घिसिङ १० हजार ५६ दान गरेका छन् ।
त्यस्तै सुन्दर बहादुर बम्जन १५ हजार पाँच सय ५५ रुपैया, मनबहादुर लामाले पाँच हजार पाँच सय ५ रुपैँया, सुदर्शन कोईरालाबाट पाँच हजार एक सय पाँच, विकेन तामाङबाट २१ हजार, संजय स्याङतानबाट २१ हजार दान गरेका छन् ।

Post a Comment

 
Top