0
वीरगज ४–० गोलले विजयी 
निजगढसमाचार, पुर्वटोल, १५ फागुन
बाराको निजगढ–५ पुर्वटोलमा संचालन भएको शहीद हिरालाल गौतम स्मृती तेस्रो गोल्ड कपको उपाधि वीरगंजले जितेको छ । बीरगंज युथ एकेडेमी पर्साले आरएफसी चितवन विरुद्ध फराकिलो जित निकालेको हो । वीरगंजले चितवन विरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो ।
उपाधिसगै वीरगजले ५० हजार नगद हात पारेको छ । प्रतियोगिताको उपविजेता आरएफसी चितवनले २५ हजारमा चित्त बुझाएको । विजेता तथा उपविजेता टोलीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवं सांसद पुरुषोत्तम पौडेलले चेक तथा शिल्क वितरण गर्नुभएको छ ।
     आजको खेलको म्यान अफ द म्याच वीरगंजका गोल किप्पर जयराम चौधरी घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी वीरगंजका कृष्ण शाक्य घोषित भए । सर्वाधिक गोलकर्ता ४ गोल गरेका चपुर ११ राजु लामा घोषित भए ।
    कार्यक्रमको अध्यक्ष आयोजक क्लब न्यू जन जागृती युवा क्लबका अध्यक्ष थानेश्वर सापकोटाले गर्नुभयो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top