0
एकैदिन सिचाई आयोजना सिलन्यास देखि नदी निरीक्षण र हाकिमलाई निर्देशनसम्म  

निजगढसमाचार, निजगढ
सिचाइ मन्त्री उमेश यादव आईतबारदेखि मध्यतराईको दौडाहामा छन् । आईतबार दिनभर बाराको बगर–बगर पुगेर निरीक्षण गरेका मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागि भए ।
गत सोमबार बाराको निजगढ नपा–१० लालमा लामा पाठशाला निर्माणको लागि एक महिनाको तलब दान गरेका मन्त्री यादब शनिबार साँझ सिमरा आईपुगेका थिए ।
आईतबार विहाननैबाट बाराको दौडाहामा निस्केका यादबले सिमरा हुँदै डुमरवानाको भवानीपुर, कतर्वा, पिलुवा र मनहर्वाको बडहर्वा हुँदै भोडाहामा पुगेर बारामा पहिलो पटक भोडहा गाविसलाइ पुर्ण ंिसचीत क्षेत्र धोषण गरे ।
घोषणा सभालाइ सम्बोधन गर्दै सिचाइ मन्त्रि यादबले तराई मधेशमा बाढी नियन्त्रण तथा सिंचाई अभियानका लागि सरकारले १५ अर्ब रुपैया प्रस्ताव गरिएको बताए ।
मन्त्री यादबले चुरेक्षेत्र संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्रि यादबले पानिको मुहान सुक्दै गएको बताउँदै त्यसको सरक्षण गर्न बनजंगलका साथै पोखरी र चुरे क्षेत्रको सरक्षण गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्रि यादवले तराइमा भई रहेको नदी कटानलाई नियन्त्रण गरी सिंचाई अभियानलाई अगाडी बढाउन अर्थमन्त्रालयलाई प्रस्ताव गरिएको भन्दै सिचाईलाई प्राथमिकता दिने गरि काम अघि बढ्ने बताए । मन्त्री यादवले २ नम्बर प्रदेशका ८ जिल्लालाई पूर्ण सिंचाईको सुविधा सम्पन्न जिल्ला बनाउने तर्फ सरकारको ध्यान केन्द्रित भएको बताए ।
उनले वन विनासका कारण तराई मधेशको जिल्लाहरुमा बाढिको उच्च जोखिम रहेको बताउदै विनाश रोक्न सबैलाई आग्रह गरे ।
फरक प्रशंगमा मन्त्री यादवले मधेश आन्दोलन मधेशी जनताहरुको नभई मधेशी जमिन्दारहरुको भएको बताए ।
उनले अधिकार दिने वहानामा मधेशी जनतालाई धोखा दिने काम मात्र भएको आरोप    लगाए ।
उद्घाटन कार्यक्रममा पूर्व राज्य मन्त्रि ज्वाला साह,  सासंद रामअयोध्या प्रसाद यादब, सांसद डा. उषा किरण अंसारी, सासद दिलमाया धामी, एमाओवादी केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का सचिव क्षेत्र बहादुर श्रेष्ठ, एमाओवादी बारा जिल्ला अध्यक्ष जयराम दाहाल, मध्यामाञ्चल सिचाइ निर्देशनालय ललितपुरका निर्देशक राजेन्द्र अधिकारी, जिल्ला विकास समिति बाराका स्थानिय विकाश अधिकारी नारायण प्रसाद पाण्डे,  सिचाइ डिभिजन कार्यलय पर्साका प्रमुख राम कुमार खंग, भूमिगत जलस्रोत परियोजना पर्साका सुदर्शन अधिकारी, यान्त्रिक डिभिजन कार्यालय पर्साका प्रमुख सन्तोष अग्रवाल, नारायणी सिंचाइ ब्यवस्थापन डिभिजन कार्यालय पर्साका मदन मोहन झा, क्रान्तिकारी पत्रकार संघ बाराका अध्यक्ष महेश्वर अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
स्थानिय समाजसेवी मिना सिहंको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनबहादुर श्रेष्टले सहजीकरण गर्नु भएको थियो । उदघाट्न कार्यक्रममा उल्लेख्य मात्रामा स्थानियहरुको सहभागिता रहेको थियो ।
मन्त्रि यादबले आइतवार नै उमजन गाविसमा सितुहार सिचाइ योजनको शिलान्यास गरेका छन् ।  करिब ६ करोड ९३ लाख ६२ हजार ५ सय ४३ को लागतमा निर्माण हुन लागेको सो योजना एक वर्षमा सम्पन्न हुने जनाइएको थियो ।
यादबले बाराका विभिन्न नदिमा निर्माणधिन पुल तथा कुलो निरिक्षण गरेका थिए । बालगंगा, पसा लगायत नदी कटान क्षेत्रको समेत निरीक्षण गरेका थिए ।
मन्त्री यादबले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिएका छन् । जनताको पक्षमा काम गर्न निर्देशन दिँदै उच्च मनोबलका साथ काम गर्न आह्वान समेत गरेका थिए ।
साँझ ७ बजे मन्त्री यादबले
बंगरी सिचाई आयोजनाको कार्यान्वयन गर्ने सभालाई सम्बोध गरेका थिए । रामआश्रय साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कपिलदेव मण्डल र संचालन उमेश कुशावाहको थियो ।
मन्त्री सोमबार दिनभर पर्सा जिल्लाको कार्यक्रममा ब्यवस्त रहेका छन् । पर्साको विजवनियामा पूर्ण सिंचाई युक्त घोषणा कार्यक्रमको उद्घाटन गरेका थिए ।
यसैविच यादवले क्रान्तिकारी पत्रकार संघ पर्साद्वारा वीरगंजमा आयोजित पत्रकार भेलालाई सम्बोधन गरेका छन् ।
सम्बोध गर्दै मन्त्री यादबले चूरे र वन विनाशले तराईमा पानीको मुहान सुक्दै गएको र यस तर्फ बेलैमा ध्यान नदिए तराई भोली मरुभूमि बन्न सक्ने बताए ।
मन्त्री यादवले भूमिगत जलस्रोतलाई उपयोग गरी खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन वारामा पूर्ण सिंचित क्षेत्र घोषणा गरिएको बताए ।
उनले किसानहरुलाई फागुन मसान्त सम्म आफ्नो क्षेत्रमा भएका सिंचाईका योजनाहरु मन्त्रालयसम्म पठाउन समेत आग्रह गरे ।
सिचाई मन्त्री यादवले गण्डक नहरको पानी यो बर्षदेखि सम्झौता भए अनुसार नै छोड्ने विषयमा भारत संग कुरा भई रहेको बताउँदै व्यवसायिक कृषिका लागि सिंचाई अनिवार्य सर्त भएको कुरामा जोड दिए ।
क्रान्तीकारी पत्रकार संघ २ नम्बर प्रदेशमा सह–संयोजक कृष्ण उदास खनालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाओवादी प्रदेश नम्बर २ का सचिव क्षेत्र बहादुर श्रेष्ठ, पर्साका अध्यक्ष बाबुराम कौशिक, उपाध्यक्ष रामदरश कुशवाहा, शम्भुपाल, क्षेत्रीय सिंचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top