0
निजगढसमाचार, निजगढ, २१ फागुन
बाराको निजगढ नगरपालिका–१० लालस्थित पल्युल साम्तेनलिङ गुम्बा संचालन भएको १२ दिने बुद्ध बचन, काग्युर पाठबचन, प्राणीदान महापुजा आज सम्पन्न भएको छ ।
  गुम्बामा संचालनमा रहेको लामा पाठशालाको भवन निर्माणार्थ आयोजित महापुजाको समापन पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पाठशाला निर्माणको लागि एक आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
भाषा, लिपी र धर्मको संरक्षणको लागि संचालनमा रहेको पाठशालाको लागि १० कोठे पक्की भवन निर्माण गर्न सयौं दाताहरुले दान गरेका छन् ।
कार्यक्रम संयोजक कुमार मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका निजगढ नगर अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिल बहादुर थिंङ, एमाओवादी निजगढ नगर अध्यक्ष बेनी बहादुर मोक्तान, नेकपा (माओवादी क्रान्तिकारी) का निजगढ नगर संयोजक रविराज दंगाल, निजगढ खानेपानी संस्थाका अध्यक्ष एमबहादुर खड्का, क्रान्तिकारी पत्रकार संघ बाराका अध्यक्ष महेश्वर अधिकारी आतिथ्यता गरेको कार्यक्रमको संचालन तिलक घलानले गरेका थिए ।
१२ दिन सम्म संचालन हुने महापुजामा एक सय १६ ठेली पाठ ३० जना लामा भिक्षुहरुले बाचन गरेका थिए । समापनका दिन खेन्छेन नाम्डोल रिन्पोछेले वाङ प्रदान गर्नुभएको थियो । महापुजामा दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
  गुम्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गर्दै बौद्ध समुदायको धर्म, सांस्कृतिक र परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत ७ वर्ष अघि गुम्बा स्थापना भई लामा पाठशाला संचालन भईरहेको छ । दाताहरुलाई दान रकम अनुसार रसिद प्याड, फ्रेम, दोसल्ला, शिलालेखमा नाम, ताम्रपत्रमा नाम, बुद्ध मूर्ती, थाङ्काले सम्मान गरिने आर्थिक समितिका संयोजक रेशन लामाले बताए ।
  महापुजामा करिब २० लाख दान संकलन भएको छ । कार्यक्रममा शम्भु बहादुर बुढाथोकी एक लाख ५१ हजार, सिमराका ब्यवसायि ईच्छा बहादुर वाग्लेले एक लाख, सुरेश खनालले ५१ हजार, विजु थोकरबाट ५१ हजार एक सय एक, हस्तबहादुर बलबाट १० हजार एक सय ५१, तिर्थ माया घिसिङ १० हजार ५६ दान गरेका छन् । त्यस्तै सुन्दर बहादुर बम्जन १५ हजार पाँच सय ५५ रुपैया, रविराज दंगालले १० हजार एक सय १, बेनी बहादुर मोक्तानबाट दश हजार तीन सय ३३  मनबहादुर लामाले पाँच हजार पाँच सय ५ रुपैँया, सुदर्शन कोईरालाबाट पाँच हजार एक सय पाँच, विकेन तामाङबाट २१ हजार, संजय स्याङतानबाट २१ हजार दान गरेका छन् ।

Post a Comment

 
Top