0
जीवनमा मृत्युको सामना गर्नु छ मैले
ठुला –ठुला सपनाको शिखर चढ्नु छ मैले ।
यात्रा र अनुभूतिको पलहरु जिउँदै
प्रकृतिलाई सधै–निहालेर पढ्नु छ मैले ।
रोक्न छेक्न सक्दैन,यस धर्तिको नियमहरु
परिवर्तित वातावरणमा सहनु छ मैले ।
सबै मानिस आशा र कल्पनामा रमाए यहाँ
पाइला–पाइलाका खतरा कहनु छ मैले ।
यहाँ कति आएँ कति गएँ कसले भन्न सक्छ
 वास्तविक लामो जीवन रहनु छ मैले ।

Post a Comment

 
Top