0

  • मधु तिमल्सिना

यस लोकको सृष्टिसंगै हुँदै गएको मानव सभ्यताको विकासले मानव–मानव विच असमानता र बौद्धिकताको खाडल बढ्दै गयो जसले शोषणा प्रवृतिको पनि विकास  ग¥यो । समाजमा रहेका टाठाबाठा मानिसले सुविधा र स्रोतमाथि आफ्नो प्रभुत्त कायम गर्ने र सोझा–साझालाई यसको पहुँचबाट टाढै राख्ने कामको थालनी भयो । समाजिक संरचनादेखि राज्यब्यवस्थामा समेत भेदभावले बलियो पिल्लर खडा ग¥यो । समाजमा ब्याप्त अन्याय, असमानता र शोषणका विरुद्ध केही विद्यवान, चिन्ततक र समाजसेवीले आवाज उठाउन थाल्नु भयो । यस सन्दर्भमा आन्दोलनहरु पनि छेडिए तर नेतृत्वकर्ताहरुबाटै समाजभित्रको असमानताको विरुद्ध अड्दै गर्दा राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिई एक दलिय सर्वसत्ताबाटलाई प्रश्रय दिई सर्वसाधारणमाथि शासन गर्न थालेपछि स्वतन्त्रता, समानता र मुक्तिजस्ता मान्यताहरु लोकतान्त्रिक पहिचान कायम गर्न लोकतान्त्रिक समाजवादको विकास भएको हो ।
लोकतान्त्रिक समाजवाद
राजनीतिक स्वतन्त्रतासहितको जनउत्तरदायि शासन प्रणाली र स्रोतसाधनको न्यायोचित वितरण प्रणालीको प्रवन्धबाट मानिसलाई आर्थिक र सामाजिक शोषणबाट मुक्ति दिलाउने शैद्धान्तिक अवधारणालाई लोकतान्त्रिक समाजवाद भनियो । लोकतान्त्रिक राजनीतिक ब्यवस्था एवं समानता मुलक सामाजिक परिवर्तनको शसक्त आन्दोलन बन्यो । अन्याय र शोषणका विरुद्धको एक अभियान बन्यो । राजनीतिक स्वतन्त्रताको माध्यमबाट आर्थिक समानता हुँदा त्यहाँ पुँजीवादको जन्म भई पुँजीपति बाहुल्यता रहन्छ भने आर्थिक समानता मात्र भएर राजनीतिक समानता नहुँदा त्यहा साम्यवाद (अधिनायकवाद) जन्मन्छ ।
लोकतान्त्रिक समाजवादले समाजमा सामाजिक न्याय, आर्थिक समानता कायम गर्ने उत्पादनका साधनहरुलाई समाजको नियन्त्रणमा राखिनेछ । समाजमा बस्ने मानिसहरु उत्पादन कार्यमा सहभागि हुँदा शोषण, भ्रष्टचार, अन्याय कम हुनका साथै आर्थिक अनुशासन कायम हुन्छ । जनताले ब्यक्तिगत रुपमा चल–अचल  सम्मपति राख्न पाउँछन र ईच्छा अनुरुप पेश गर्न पाउँछन् । जुन निर्वाचित सरकारले जनतालाई विकासको काममा अभिप्रेरित  गर्दछ । विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म जनतालाई सामेल  गराईन्छ ।
लोकतान्त्रिक समाजवादमा धनि, गरिब बिचको असमानताको खाडल कम गरिन्छ । प्रगतिशिल कर प्रणाली लागु गरि राज्यको स्रोत र साधनमा सबै वर्ग र समुदायको समान अधिकार स्थापित गराईन्छ । धनि र गरिब विचको आम्दानीको अन्र्तर कमी ल्याई गरिब जनतालाई उन्नतिको बाटोमा उन्मुख गराईन्छ ।
वि.पी.
जसले नेपालमा लोकतान्त्रिक समाजवादको स्थापनार्थ आफ्नो पुरै जीवन जनताको मुक्तिको संघर्षमै ब्यतित गरे । राजनीतिक, साहित्य र दर्शन फरक धारका विषयहरुमा एकैसाथ उत्कृष्ठता हासिल गर्न सक्षम ब्यक्तित्व, जनक्रान्ति २००७ का कमाण्डर हुन वि.पी. कोईराला जसले  सम्मान जति गरे पनि कम नै रहन्छ । ‘मेरो बोल्ने मुखलाई नथुन, आउने समाजको आह्वान गर्छ मेरो मुखले, मेरो लेख्ने कलमलाई नथाम, आगामी सत्यलाई ईड्ढित गर्छ मेरो कलमले, मेरो गोडामा नेल नलगाउँ, नयाँ बाटो पहिल्याउछ मेरो गोडाले’ भन्ने विपीले सबै नेपालीको  एउटा सानो घर होस,गरिखान पुग्ने खेतवारी होस,एउटा दुहुनो गाई होस,छोरा छोरी स्कुल पठन पाउन, स्वास्थ उपचार गर्न पाँउन भन्ने नेपालको सन्र्दभमा समाजवादको एक हिस्सा प्रस्तुत गर्नुभयो ।
‘तपाईहरु काम गर्ने कोठामा आफ्नो झुपडीको अगाडी हलो बाकेर उभिएको एउटा ग्रामीण किसानको पनि तस्विर राख्नुहोस–‘जहा राजा रानीको तरबिर हुन्छ ।’
र विकास योजना बनाउदा त्यो  ग्रामीण किसानका तस्विर पट्टि   हेनुहोस् । नेपालमा समाजवादी आन्दोलन निर्माणको क्रममा बैचारिक दिशा र नेतृत्व विपी कोइरालाले गर्नुभयो । विपी कोइरालाले नेपालको सन्र्दभमा मात्र होइन विश्व समाजवादी दर्शनमा समेत नयाँ र मौलिक चिन्तन थाप्नु भयो । उहाँको बिचारमा समाजवाद   भनेको एउटा ठुलो सभ्यता र सस्कृति हो जसले केवल आर्थिक पक्षलाई   मात्र समेटेर मानव  सभ्यताको  तमाम कलात्मक र साँस्कृति पक्षलाई छिचोलेको    हुन्छ । राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिव जनतालाई न्याय दिने खालको विकाश अर्थात समानताका  निम्ति विपी आजिवन लडीरहनुभयो ।
नेपाली परिवेश
नेपाल गाँउनै गाँउले भरिएको देश र अधिंकाश जनता कृषिमा निर्भर रहने हुँदा आधुनिक क्षेत्रबाट उत्पन्न पुँजी ग्रामिण क्षेत्रमा प्रभावित गर्ने, आर्थिक ब्यवस्थाको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकिरण गर्ने, विकास परियोजनाहरु गाँउमुखी बनाउने, ग्रामिण क्षेत्रमा श्रम प्रदान उद्योगहरुको स्थापनालाई प्रश्रय दिने जस्ता कार्यहरु समाजवादी नीतिहरु हुन् ।
नेपाल जस्तो गरिब राष्ट्रका लागि निरपेक्ष आत्मनिर्भरता सम्भव छैन् । तर निरपेक्ष परनिर्भरताले पनि राज्यको महार फेर्न सम्भव छैन् । उद्योगको विकास विना रोजगार बढ्दैन् । पुँजी नभई उद्योग प्रवद्धन हुँदैन् । हामीसंग लगानी गर्ने यथेष्ठ पुँजी छैन् । त्यसैले एक हदसम्म निजी क्षेत्रलाई उत्साहित र जागरुक नतुल्याएसम्म न उत्पादन बढ्छ, न उद्योग विकास नै हुन्छ । राज्य ब्यवस्थाको ग्रामिण र सम्पन्न क्षेत्रलाई हेर्ने दृष्टिकोण समानता ल्याउनु पर्दछ । देशकै कच्च पदार्थ प्रयोग गरेर, देशकै कामदारहरु परिचालन गरि उद्योगधन्दाहरु सञ्चालन गराई आत्मनिर्भरको बाटो रोज्नु पर्छ ।
–निजगढ–७ बारा, लेखकको निजी विचार हो ।

Post a Comment

 
Top