0


तपाईलाई निजगढ समाचारको निजगढ शो मा स्वागत छ । सिमरामा एग्रो पर्यटनको सोच कसरी जन्मियो ? 
–धन्यवाद तपाईलाई । २०६८ सालमा मैले कृषि प्रयोजनका लागि रामबनमा जग्गा लिजमा लिएर माछा, गाई पालन, कुखुरा पालन सुरु गरेका थियौं । सानो रुपमा यसको सुरुवात भएको थियो । त्यसमा पछि बंगुर पालन पनि थपियो । बंगुर पालन सुरु गरेपछि राम्रो–नराम्रो दुबै खाले स्थिति आयो । त्यसै शिलशिलामा हामीले जिम्दो माछा, कुखुरा, हाँस विक्रि गर्ने सोच जन्मियो । हामीले जिउँदो माछाहरु राख्ने ठाँउ पनि बनाऔं । हामीले त्यसलाई बजारमा प्रचारप्रशार ग¥यौं । उपभोक्ताहरु माछा लिन आउन थाल्नु भयो । रहर लाग्दो माछा देखेपछि कतिले घर लानु भयो भने कतिले यतै तरेर खान पाए हुन्थ्यो भन्नु भयो । यहि तरेर खानेलाई हामीले यहिँ नै किचेन ब्यवस्था गरौं । पकाएर खुवाउँन  थाल्यौं । यो क्रम चलिरहेको छ । आफैले माछा निकालेर हेर्दै रमाउँदै त्यहि जिम्दो माछा बनाएर खाने कल्चर बन्दै गएको छ । त्यसरी टुरेजम पनि हुने क्रममा छ । पर्सा बन्यजन्तु आरक्षसंग जोडिएको, बारा–पर्साको संगम, मनोरम ठाँउ, औद्योगिक करिडोरको छेउ तर भिडभाडभन्दा अलि पर हुनु यसको थप विशेषता पनि छ ।
यसको प्रवद्र्धनको लागि अहिलेसम्म कति लगानी गर्नुभएको छ  ? 
–सुरुमा १० लाख जति लगानी गरेका थियौं । अहिलेसम्म ५० लाख लगानी भईसक्यो । अरु थप लगानी गर्नुपर्ने अवस्था छ ।
अब यसलाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ   ? 
–आगामी दिनमा यहाँ आग्रनिक खेतीहरु गर्ने र यहाँ उत्पादन भएको उत्पादनहरु हाम्रा ग्राहकहरुलाई खुवाउने ब्यवस्था सहितको रिसोर्टको रुपमा विकास गर्ने योजना हो । ब्यवसायिक रिसोर्टको रुपमा लगानी धेरै गर्नुपर्छ त्यो अहिले सम्भव छैन् भविष्यमा त्यो पनि योजना पनि      छ ।
अहिले चाँही पार्टी प्यालेसको रुपमा अघि बढाउन खोज्दै छौं । साथै ८ वटा सम्म कोठा भएको लजको स्वीकृती लिईसकेका छौं । शान्त र मनोरम वातावरणमा बसेर खाने, बस्ने ब्यवस्था मिलाउन   खोज्दैछौं ।  बालबालिकाहरु सहित छुट्टिको दिन पारिवारिक मिलन गर्ने वातारणको लागि बालबालिकाको लागि पोखरीमा बोटिंगको ब्यवस्था गर्ने, पोखरीका डिलडिलमा ट्रष्टमा ब्यवस्था मिलाउँदै छौं । हटमा बसेर रमाईलो गर्दै खाने पिकनिक स्पार्ट जस्तो वातावरण पनि बन्छ ।
यसलाई पर्यटकीय  र बाल उद्यानको रुपमा पनि विकास गर्ने योजना हो र ? 
सिमरा भेगमा पारिवारिक वातावरणमा रमाउने शान्त स्थलको अभाव भईरहेको अवस्थामा हामीले सुरु गरेको क्लबमा बालबालिकादेखि युवाहरु समेत रमाउन सक्ने वातावरण दिन खोज्ने हो । विहानदेखि साँझसम्म खाजा देखि खानासम्म र रात्री बसाईसम्मको ब्यवस्था भयो भने बालबालिका समेत रमाउने अवस्था हुन्छ ।
ब्यवसायिक रुपमा अहिले चाँही अवस्था कस्तो छ  ? 
पहिला हामीले पालन मात्र गथ्यौं, बजारको समस्या थियो तर अहिले हामीले उत्पादन गरेको बस्तुको बजार हामी आफै हौं । बजार खोजेर हिड्नु पर्ने अवस्था छैन् । ग्राहकहरु आफै यहाँ आएर हाम्रो उत्पादन खपत गरिरहनु भएको छ ।

Post a Comment

 
Top