0
बाराको निजगढ नगरपालिका–१० लालस्थित पल्युल साम्तेनलिङ गुम्बामा बुद्ध बचन, काग्युर पाठबचन, प्राणीदान महापुजा भईरहेको छ । गुम्बामा संचालनमा रहेको लामा पाठशालाको भवन निर्माणार्थ आयोजित महापुजामा भक्तजनको उपस्थिती बढ्दै गएको छ । त्यहाँ पुगेर दान गर्ने र पूर्णकमाउने क्रममा तिब्र बन्दैछ ।
हुन त यसको उद्घाटन गर्दै सिचाई मन्त्री उमेश यादबले आफ्नो एक महिनाको तलब दान गर्नुभएको थियो ।  मन्त्री यादबले पाठशाला निर्माणको लागि एक महिनाको पारिश्रमिक दान गर्ने घोषणा गरेर अन्य दाताहरुलाई पनि उत्साहित पार्नुभएको छ । सोमबार सांसद रामअयोध्याय यादब सहित निजगढका अगुवाहरु त्यहाँ पुग्नु भएको छ । सोमबार मात्रै दर्शनार्थीहरुले लाखौं दान गरेको खबरहरु आएका छन् ।
भाषा, लिपी र धर्मको संरक्षणको लागि संचालनमा रहेको पाठशालाको लागि विद्यालय महत्वपूर्ण हुन्छ । विद्यालय भवन विना अधुरो हुन्छ । अहिले त्यहाँ १० कोठे पक्की भवन निर्माण गर्ने काममा सबैल एक एक ओटा ईट्टा थप्न थप्दै जाने हो भने अवश्य पनि योजना सफल हुने पक्का छ । त्यसो त महापुजामा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दान रकम अनुसार दाता सम्मान गरिदै आएको छ ।
दाताहरुलाई दान रकम अनुसार रसिद प्याड, फ्रेम, दोसल्ला, शिलालेखमा नाम, ताम्रपत्रमा नाम, बुद्ध मूर्ती, थाङ्काले सम्मान गरिने गरेको छ ।
यसले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने सम्भावना बोकेको यस क्षेत्रको विकास गर्न कोहि पनि पछि पर्नु    हुँदैन् । फागुन २१ गतेसम्म संचालन हुने महापुजाको संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्द प्रसाद पोखरेलले समापन गर्ने कार्यक्रम तय भएकाले त्यस कार्यक्रमलाई पनि सफल पार्न हामी सबैले आफ्ना ठाँउबाट मुठि खोलेर, दिल खोलेर सहयोग गर्नुपर्ने हुन्छ ।  १२ दिन सम्म संचालन हुने महापुजामा एक सय १६ ठेली पाठ ३० जना लामा भिक्षुहरुले बाचन गर्ने र समापनका दिन खेन्छेन नाम्डोल रिन्पोछेले वाङ प्रदान गर्ने कार्यक्रम छ । जुन निकै महत्वपूर्ण कुरा हो । धार्मिक दृष्टिकोणले यसको निकै महत्व छ ।
गुम्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गर्दै बौद्ध समुदायको धर्म, सांस्कृतिक र परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत ७ वर्ष अघि गुम्बा स्थापना भई लामा पाठशाला संचालन भईरहेको छ ।

Post a Comment

 
Top