0
निजगढसमाचार, निजगढ
बारा क्षेत्र नं. ६ को निर्वाचन क्षेत्र विकास कोषको अधिकांश बजेट सडक निर्माणमा खर्च हुने भएको छ ।
बाराको सिमरामा सोमबार विनियोजन गरिएको डेढ करोड बजेट मध्ये करिब एक करोड ९ लाख बजेट सडकको लागि छुट्याईएको हो ।
त्यस्तै विद्यालय भवनको लागि २० लाख, सामुदायिक भवनको लागि १८ लाख र खानेपानीको लागि १० लाख बजेट विनियोजन गरिएको हो ।
सांसद पुरुषोत्तम पौडेल, मधु शाही ठकुरी र दिलमाया धामीको सहमतिमा बजेट बिनियोजन गरिएको हो ।
भोडाहा, मनहर्वा, दोहरी, औराहा, अम्लेखगञ्ज लगायत क्षेत्र भित्रका १० गाविसका लागि १२ वटा योजनामा बजेट विनियोजन गरिएको सांसद पुरुषोत्तम पौडेलले बताए ।
   त्यस्तै निजगढ नगरपालिका अन्र्तगत गौरी शंकर उमावि निजगढ–८ र शिवसत्यश्वर निमावि लच्काको भुकम्पले प्रभावित भएको भवनको लागि १०÷१० लाख बजेट छुट्याईएको छ ।
त्यस्तै भोडाहा, दोहरी गाविसमा सामुदायिक भवन निर्माणको लागि समेत बजेट विनियोजन गरिएको छ । त्यस्तै सडक ग्राभेलको लागि २ लाख बजेट छुट्याईएको छ ।
सांसद पौडेलले एकलौटी रुपमा योजना पास गर्न खोजेको भन्दै सांसद धामी र शाहीले विरोध जनाएका थिए । आफुहरुहरुले पेश गरेको योजनामा बजेट नछुट्याएको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

Post a Comment

 
Top