0

निजगढसमाचार, सिमरा, २१ फाल्गुन 
सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौ सिमरा गोल्डकपमा शुक्रवार वीरगन्ज युनाईटेड क्लब र सहारा क्लब पोखराबिच प्रतिस्पर्धा हुदैछ ।
दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउसो दुई बजेपछि सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुन सहारा क्लब बिहिवारनै सिमरा आईपुगेको छ । दुबै टिमका प्रशिक्षकले तयारी राम्रो रहेको भन्दै जितको सुरुवात गर्ने बिश्वास ब्यक्त गरेका छन् ।
     यसअघि बिहिवार भएको उद्घाटन खेलमा आयोजक नज जनजागृति युवा क्लबलाई निराश पार्दै गोल्डकपमा नवप्रवेशी विजयी युथ क्लब, हेटौडा क्वार्टरफाईनलमा प्रवेश गरेको छ । आयोजकलाई पन्छाउने क्रममा हेटौडाका लागि सुनिल बिकले खेलको ५५ औ मिनेटमा निर्णायक गोल गरेका थिए ।
फाल्गनु २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजनका पाच क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । निजगढसमाचार प्रतियोगिताको छापा मिडिया पार्टनर हो ।

Post a Comment

 
Top