0

निजगढसमाचार, निजगढ
नेकपा एमाले निजगढ नपा वडा नं. ६ को अधिवेशन सम्पन्न भएको छ  । अधिवेशनले भिमबहादुर स्याडतानको अध्यक्षतामा शुक्रबार नया कार्य समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा गोविन्द सापकोटा र खड्कप्रसाद तिमल्सिना, सचिवमा घनश्याम तिमल्सिना, उपसचिवमा गोपीनी चौलागाई र सदस्यहरुमा उद्धव बन्जारा, आइतमान ठोकर, हरिवंश अधिकारी, जनक तिमल्सिना, इन्द्रबहादुर स्याडतान, आशा श्रेष्ठ, सपना राउत, सुभद्रा तिमल्सिना, जनक रिमाल, राजु सजेल, कृष्णबहादुर मोक्तान चयन भएका  छन । 
अधिवेशनले केशव अधिकारीको संयोजकत्वमा ६ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । समितिमा शंकर शिवाकोटी, अर्जुन घिमिरे, मिथिला घिमिरे, अन्नपूर्ण घिमिरे, सिताराम खतिवडा छन् । 
    यसै विच शुक्रबार नै नवगठित समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको छ । जिल्ला कमिटि सदस्य अम्बिका प्रसाद चौलागाईले सपथ गराएका हुन् ।
यस अघि उद्घाटन सत्रमा नारायणी अञ्चल कमिटी सदस्य भरत खड्काको प्रमुख अतिथ्यता रहेको थियो ।  कार्यक्रमका विशिष्ठ अतिथि अञ्चल कमिटी सदस्य सुन्दर विक थिए । कार्यक्रममा जिल्ला कमिटि सचिवालय सदस्य नारायणप्रसाद गौतम, क्षेत्रिय सचिव दुर्गा गौतम, क्षेत्रिय सदस्य तिर्थ गौतम, नगर सदस्य एवं वडा ईन्चार्ज थानेश्वर सापकोटा, नगर सदस्य सम्झना थापा, युवा संघ बाराका सचिव भिमप्रसाद सापकोटा, अखिल नेपाल महिला संघ जिल्ला सचिव अन्जु नेपाली, युवा संघ नगर संयोजक राजन घिमिरे लगायतको आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता वडा कमिटिका अध्यक्ष केशव अधिकारीले गरेका थिए भने स्वागत गोपीनी चौलागाई, संचालन प्रकाश सापाकोटा र थानेश्वर सापकोटाको थियो ।
एमाले प्रवेश 
वडा अधिवेशनको अवशरमा विभिन्न पार्टी परित्याग गरी आधा दर्जन कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन । प्रवेश गर्नेमा टिकाराम भुलुन, गोपी थापा, आइतमान मोक्तान राप्रपा तथा नेपाली काग्रेशकी एमकुमारी पौडेल र एमाओवादीका गणेशप्रसाद तिमल्सिाना लगायतका रहेको वडा अध्यक्ष स्याडतानले जानकारी दिए । नेता विक र खड्काले टीका लगाएर स्वागत गरेका थिए ।

Post a Comment

 
Top