0

निजगढसमाचार, निजगढ, १३ फागुन
बाराको निजगढ–५ पुर्वटोलमा जारी शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप अन्र्तगत अहिले चपुर ११ र वीरगंज युथ एकेडेमी पर्साका विच खेल भईरहेको खेलमा समान १–१ गोल गरेर बराबरी खेलिरहेका छन । खेलको २४ औं मिनेटमा बीरगंजको लागि कृष्ण शाक्यले पहिलो गोल गरेका थिए । चपुर ११ ले एक मिनेट नवित्दै २५ औं मिनेटमा टिमको तर्फबाट राजु लामाले एक गोल गर्दै बराबरीमा पु¥याएका छन् ।
चपुर ११ आयोजक न्यू जनजागृती युवा क्लबलाई पाखा लगाउँदै पुगेको हो भने वीरगंग युथ एकेडेमी हेटौडा ११ लाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थियो ।
जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । उद्धव चौलागाईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top