0

निजगढसमाचार, निजगढ

नेपाली कांग्रेस क्षेत्र नं. ६ को क्षेत्रिय अध्यक्षमा मुकेश प्रसाद कुशवाहा सर्वसम्मत निर्वाचित भएका छन् । बाराको निजगढमा भएको क्षेत्रिय अधिवेशनबाट क्षेत्रिय समितिको सचिबमा सुरेश लामा, कोषाध्यक्षमा रामकुमार गोली पनि सर्वसम्मत चयन भएका छन् । 
क्षेत्रिय सदस्यको लागि भने सोमबार मतदान भएको छ । १५ जनाले प्रतिष्पर्धा गरेका मतदानबाट मान बहादुर जिम्बा, शोभा लामा, परदेशी कुमर थारु, सागर गौतम, कृष्ण प्रसाद वाग्ले, सन्तोषी कार्की, पद्म भण्डारी, राजेन्द्र प्रसाद ढोडारी, विष्णु प्रसाद रिमाल निर्वाचित भएका छन् । एक सय ५० जनाले मतदानमा सहभागिता जनाएका थिए ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि बारा क्षेत्र नं. ६ बाट महाधिवेशन प्रतिनिधि छनौंट हुनेको नाम टुङो लागेको छ ।
महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनको सोमबार राती सार्वजनिक मत परिणाम अनुसार पूर्व सभासद् शोभाकर पराजुली पराजुली सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले  ९९ मत ल्याएका छन् । निर्वाचनमा सासंद मधु शाही ठकुरी पराजित भएकी छिन् । त्यस्तै ९५ मत सहित सुरेश कुमार खनाल,९२ मत सहित रामानन्द प्रसाद यादब, ९१ मत सहित शम्भु बहादुर बुढाथोकी, ६५ मत सहित राजकुमार सेढाँई  र ६५ मत सहित नै नारायण प्रसाद पण्डित निर्वाचित भएका हुन् । निर्वाचनमा ब्यवसायि समेत रहेका ईच्छा बहादुर वाग्ले, हरि थपलिया लगायत नेताहरु पराजित भएका छन् । वाग्लेले ४६ मत र थपलियाले ३९ मतमा चित्त बुझाउनु प¥यो । त्यस्तै धु्रब लामाको २४ मत, माधव उपाध्यायको २५ मत, श्यामकुमार श्रेष्ठको ६२ मत, श्याम मगरको २३ मत ल्याएर पराजित हुनुप¥यो ।
महिला तर्फ ८६ मत सहित मिना लामा र ८५ मत ल्याई नारायणी रायमाझी निर्वाचित भएकी छिन् । सासंद ठकुरीले ४६ मत पाईन् । भगवति शर्माले २० र भिमादेवी शर्माले १९ मत पाईन् ।
त्यस्तै जनजाति तर्फ पेमा शिद्धि लामाले एक सय एक सर्वाधिक मत सहित निर्वाचित भए । उनका प्रतिष्पर्धि अमिर मोक्तानले ३२ मत ल्याए ।
त्यस्तै अल्पसंख्यक, मधेसी, अपाङतर्फ राजलाल साह तेली ६० मत सहित निर्वाचित हुँदा अपाङ सेवा संघ बाराका अध्यक्ष समेत रहेका गंगा प्रसाद वाग्ले ५३ मत सहित पराजित भए । दलिततर्फ विनोद कुमार मण्डल निविरोध निर्वाचित भएका छन् ।
यसैविच नेपाली काग्र्रेस निजगढ नगर समितिको सभापतीमा महेशी कुमर निर्वाचित भएका छन् । गएराती अबेर सार्वजनिक मत परिणाम अनुसार कुमरले एक सय ६७ मत ल्याएका छन् भने उनका प्रत्यासी पसाङ लामाले ६९ मतमा चित्त बुझाए ।
नगर सचिव रोशन लामा र्निविरोध निर्वाचित भएका छन् । नगर समितिको सदस्यमा रामचन्द्र कटुवाल राजु साह, हिरा साही,आशिष तामाङ, सानुकान्छ पाख्रिन, औतार लामा, बुद्धि शाही र्निविरोध निर्वाचित भएका छन् । अधिवेशनबाट क्षत्रिय प्रतिनिधिमा एक सय ८१ मत ल्याएर विक्रम लामा, र एक सय ७२ मत सहित रामचन्द्र जयसवाल, एक सय ४३ मत सहित विद्यालाल श्रेष्ठ, एक सय २० मत सहित महोमद् आलम निर्वाचित भएका छन् ।  ३ सय ७८ मतदाता रहेकाका भए दुई सय ५६ पनि मत खस्यो । निर्वाचनमा सभापतिमा २ मत बदर भएको छ ।
मलाई घात भयो : तिमल्सिना
निजगढ नगर सभातिको उम्मेदवारी घोषणा गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिन नभई निर्वाचित हुनकै लागि हो भनेर प्रतिवद्धता जनाएका नवराज तिमल्सिना मतदान प्रकृया भने सहभागि भएनन् ।
निर्वाचनको एक महिना अघि नै सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेका तिमल्सिनाले अचानक उम्मेद्वारी फिर्ता लिए पछि अहिले उनको आलोचना भएको छ ।
उम्मेदवारी फिर्ता लिएको भन्दै आलोचना भए पछि तिमल्सिनाले सामाजिक संजालमार्फत नै आफुमाथि पटक–पटक घात भएको भन्दै आफ्नो बचाऊ गरेका छन् ।
तिमल्सिनाले फेसबुकमा लेखेका छन–
मलाई बिश्वास थियन स्थानीय राजनीति मा पनि यति धेरै फोहोरि खेल हुन्छ भन्ने मैले आफ्नो जीवन मा कहिले पनि यस्तो कु–कर्महरु गरिन आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा पार्टीको हितलाई नै सर्बोपरी ठान्दै अगडी बढे, आफुले पद पाउनको लागि कसैको गुलमी गरिन र आफ्नो पदको लागि कसैलाई पनि घात हुने कर्म पनि गरिन त्येसैले त आज मलाई पार्टीले तेस्रो पटक–पटक सहिद   बनायो । हाम्रा अग्रज नेता कुल बहादुर गुरुङले भन्नूभएको थियो –शहीद एक पटक मरेर शहीद हुन्छ तर मेरो जीवनमा पार्टीले धेरै पटक बलिदान माग्यो मैले दिए पार्टि एकताको लागि भनेर पटक पटक बलिदान दिए आज मलाइ उहाँको उक्त वाक्यले मन छोएको छ । त्यस्ता माहान ब्यक्तिहरुबाट प्रेरित भइ म अब पार्टीको कुनै पनि तहको पदमा प्रस्तिस्पर्धा नगर्ने संकल्प गरेको छु । आफ्नो पदको लागि जस्तो सुकै कुराको पनि सहमत हुने प्रबृत्ति जब सम्म रहन्छ, तब सम्म हामि जस्ता कर्तव्यनिष्ठ कार्यकर्ता को कुनै अस्तित्व हुँदैन तब आफ्नो अस्तित्व जोगाउन मान्छे राजनीतिबाट एक कदम पछाडी हट्छ ठिक त्यही अबस्थामा छु म । निजगढको सवालमा पनि आफ्नो पदको लागि भने पनिछ बिपरत ध्रुबका साथीहरु एक ठाउँमा उभिएको छन । जे भए पनि यो चै सकारात्मक कुरा हो । तर यसरी नै यो एकता लामो समय सम्म टिकाउनु प¥यो, कार्यकर्ता यहि चाहान्छन । मेरो उपस्थिति रहोस वा नरहोस तर आफ्नो पदको लागि मात्र हो भने तपाईहरुलाई पनि सबै कार्यकर्ताले चिन्ने छ । 
त्यसैले यो आफ्नो साथमा रहेको समय लाई राम्रोसंग प्रयोग गर्नु होला, सक्नु भएन भने त्यही समयले उल्टो गति लिन्छ अनि छलकपटसंगै तपाईहरुको अस्तित्व पनि समाप्त हुन्छ । मेरा राजनैतिक भबिष्यबाणी गर्ने मित्रहरु लाई मेरो सल्लाह –म त एउटा पात्र मात्र हुँ परिस्थितिको सिकार हुने राजनीतिको हिंसाले घाइते बनेको मान्छे । मलम लगाउँदै छु । निको भएछ भने फेरि आफ्नो यात्रामा अगाडि बढ्ने छु । तर निष्ठा पुर्बक हस् त । जय नेपाल । 

Post a Comment

 
Top