0
निजगढसमाचार, निजगढ
यती डेभलपमेण्ट बैंक लिमिटेड निजगढ शाखाले प्रजातन्त्र दिवसको अवसरमा समूदायमा आधारित वित्तीय साक्षरता कार्यक्रम आयोजजना गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निजगढ नगरपालिका–२ भरतगंजसिंगौलमा कार्यक्रम आयोजना गरेको हो ।
स्थानीय लोकप्रिय प्रथमिक विद्यालयमा भएको कार्यक्रममा समूदायका बिभिन्न क्षेत्रमा रहेका एक सय जना भन्दा बढि स्थानीयको सहभागि थिए ।
कार्यक्रममा सहभागिलाई बैंकको निजगढ शाखाका प्रबन्धक अच्युत सुबेदीले सहजिकरण गरेका थिए । कार्यक्रममा प्रबन्धक सुबेदीले बैंकको परिचय सहित बैंकबाट हुने काम देखि बचत गर्ने बानीको बिकाश कसरी गर्ने भन्ने बारेमा सहभागिलाई जानकारी गराएका थिए । कार्यक्रममा बैंकले दिने विभिन्न सेवा तथा सुविधाहरुको बारेमा समेत जानकारी गराईएको थियो ।
त्यस्तै बैंकका कर्मचारी प्रकाश घिमिरेले बैंकले दिने बिभिन्न बचत सुबिधाहरुको बारेमा जानकारी गराएका थिए । बैंकका कर्मचारी उदिप आचार्यले बैंकले दिने बिभिन्न रेमिट्यान्स सेवाहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मुकुन्द विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशब प्रसाद उपाध्याय ढोडारीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रयोगात्मक रुममा चेक तथा बचत (मभउयकष्त) भौचर भर्न समेत सिकाइएको      थियो ।
कार्यक्रमका सहभागिहरुले बैंक तथा बित्तिय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

Post a Comment

 
Top