0
निजगढसमाचार, निजगढ, ८ साउन
बारा निजगढ–७ योजना टोलमा रहेको कान्तिपुर पोल्टी फर्म हटाउन माग गर्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन् । 
उद्योगको प्रदुषणको कारण गाँउ नै छाड्नु पर्ने अवस्था आए पछि स्थानीयको आम भेलाले बैकुण्ठ घिमिरेको अध्यक्षतामा १५ सदस्यि संघर्ष समिति गठन गरेका हुन् ।
उद्योग संचालकले प्रदुषण नियन्त्रणको लागि स्थानीयसंग पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरि उद्योग विस्तार गर्न थालेपछि उद्योग विरुद्ध आन्दोलन गर्न संघर्ष समिति बनाईएको समितिका अध्यक्ष बैकुण्ठ घिमिरेले जानकारी दिनुभयो ।
दुई वर्ष अघि स्थापना भएको उद्योगको कारण स्थानीयमा रिङ्गटा आउने, ज्वरो आउने, वाक्कवाकी आउने लगायतका समस्या देखिन थालेपछि गत असार १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

Post a Comment

 
Top