0
निजगढसमाचार, सिगौंल, ५ साउन
बसन्त लामा/निजगढ नगरपालिका सिगौंलस्थि लालिगुरास सामुदायिक वन समुहमा बृक्षारोपण गरिएको छ ।
लामो समयदेखि नाङ्गो रहेको ३२ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिएएको समुहले जनाएको छ । 
उपभोक्ताको माग अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्र्तगत समुहमा बाँस, डाले घाँस, टाँकी, दबदबे, निगाले लगायतका प्रजातिका विरुवा रोपिएको लालिगुरास सामुदायिक वन समुहका अध्यक्ष मान बहादुर लामाले बताए ।
नियमित वर्षा हुँदा वडा नं. ३ का स्थानीयवासिन्दा घरबार नै पहिलो आई बगाउने हो कि भन्ने चित्तामा रहने गरेकाले बृक्षारोपण गरिएको समुहले जनाएको छ । जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रम, राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति मार्फत प्राप्त तार, पोल, गरि २५ हजार अम्रिसो जातको विरुवा जिल्ला वन कार्यालयका वन रक्षक उमाकान्त महत्तोले शुक्रबार समुहका कोषाध्यक्ष चित्र बहादुर कटुवाली हस्तान्तरण गरि बृक्षारोपण गरिएको हो । कार्यक्रममा उपभोक्ताले बृक्षारोपण गरेका थिए ।
समुहमा दुई सय ४४ घरपरिवार आवद्ध छन् । जनजाती, दलित, उत्पीडितमा परेकालाई समुहले विशेष प्राथमिकता दिदै आएको अध्यक्ष लामाले     बताए । जिल्ला वन कार्यालयका कर्मचारीले कमिसन नलिई बजेट नदिने गरेको अध्यक्ष लामाको गुनासो छ । कमिसनकै कारण बृक्षारोपणमा ढिलाई भएको अध्यक्ष लामाले खुलासा गरेका छन् ।

Post a Comment

 
Top