0
निजगढसमाचार, सिगौंल, ५ साउन
२०३ औं भानु जयन्तिको अवसरमा बाराको निजगढमा श्रष्टा अच्चुत खनालको नयाँ कृति विमोचन गरिएको छ । 
लन्डन यात्रा एक सय दिन नामक यात्रासंस्मरण संग्रह शुक्रबार निजगढमा विमोचन गरिएको हो । निजगढ साहित्य परिषदले निजगढ–८ बजार स्थित गौरी शंकर उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रमका विच प्रसिद्ध साहित्यकार एंव प्राध्यापक निर्मोही व्यासले खनालको पुस्तक विमोचन गरेका हुन् ।
साहित्यकार व्यासले अनुभुतिलाई पुस्तकमा सजिव रुपमा उतारेर खनालले बेलायत यात्राको सन्दर्भमा अर्को सुन्दर कृति नेपाली यात्रा साहित्य भण्डारमा थपेको बताए ।
कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले पनि खनालको यात्रा संग्रहको समिक्षा गर्दै लन्डन यात्रा अनुभवलाई खनालले सुन्दर रुपमा प्रस्तुत गरेको बताए ।
समिक्षक अज्ञातले पुस्तकमा अग्रेजहरुकोे बानीबेहोरा र  जीवनशैलीलाई दुरुस्त उतारिएको र उनीहरुको अनुकरण गरेर नेपालीले पनि धेरै राम्रा कुरा सिक्न सक्ने बताउनु भयो । त्यसैगरी उपप्राध्यापक प्रेमप्रसाद अधिकारी र गजलकार माधव काफ्लेले पनि पुस्तकको समिक्षा गर्दै लन्डन बसाइँ क्रममा ब्रह्मले जे देख्नु भयो खनालले आफना रचनामा पनि त्यही चित्र उतार्न भएको बताए ।
पुस्तकमा बेलायतले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको उन्नति चर्चा गरिएकाले यसबाट नेपाली भाषा र साहित्यको लागि मात्र नभएर देशको पुर्वाधार विकासमा पनि पनि उत्तिकै योगदान पुग्न सक्ने बताउनु भयो । निजगढ साहित्य परिषदका अध्यक्ष रामप्रसाद पराजुली र लेखक खनालले पनि सो अवशरमा आफना धारणा राखे ।
छोरीज्वाई शोभा र उद्धव ढकालको आमन्त्रणमा ३ बर्षअघि पुग्नु भएका खनालले बेलायतमा १०१ दिनसम्म रहदा सृजना गर्नु भएका १७ संस्मरण पुस्तकमा समावेश छन । 
निजगढ नपा ९ का स्थायी बासिन्दा ७१ बर्षिय खनालको लन्डन यात्रा एक सय दिन छैठौ पुस्तक हो ।  खनालले यस अघि लघु कथा, खण्डकाब्य, संस्मण संग्रह, कविता संग्रह प्रकाशित भईसकेको छ । खनालले वि.स. २०१८ मा लघु काब्य– बाल विवाह एक झलक, २०४६ सालमा खण्ड काब्य–संस्कृतिको सुसेली, वि.स. २०४९ मा कविता संग्रह–चेतनाको लहर, २०५८ मा सस्मरण संग्रह–स्मृति विम्ब, त्यस्तै २०६१ मा खनालले दोस्रो खण्ड काब्य–गंगा प्रकाशित भईसकेका छन् ।
निजगढ साहित्य परिषदका उपाध्यक्ष हस्तबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा वीरगंजकी कवयत्री एंव पत्रकार मायामितु न्यौपाने, कवि अभिषेक ओझा, रमेश रसिक, प्रविण श्रेष्ठ, पुर्णकुमार मैनाली, सुभाष साह, विनय आचार्य, विशेष गौतम लगायतले आफ्ना रचना बाचन गरेका थिए । 
कार्यक्रममा रामकुमार सिन्जालीले स्वागत मन्तव्य र संचालन भोलाप्रसाद चौलागाईले गरेका थिए ।

Post a Comment

 
Top