0

निजगढसमाचार,निजगढ, ५ साउन
निजगढ नगरपालिका कर्मचारीले घुस नमाग्ने गरेको नगरवासीले बताएको निजगढ नगरपालिका कार्यालयको सार्वजनिक सेवा प्रवाह सम्बन्धमा तयार पारिएको रिपोर्ट सार्वजनिक गरिएको छ । तेस्रो चौमासिक  आर्थिक वर्ष २०७२/०७३ को सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत रिपोर्टमा नगरवासीले यस्तो बताएको सार्वजनिक गरिएको छ । 
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रस्तुत रिपोर्ट अनुसार नगरवासी सेवा लिन पुग्दा कर्मचारी कार्यकक्षमा नभेटिने र कहिले आउने हुन भन्ने बारे भने जानकारी नपाउने गरेको नगरवासीले गुनासो गरेका छन् । कार्यक्रममा सेवाग्राहीलाई विभिन्न प्रश्नहरु सोधिएको प्रश्न र जवाफ समेटिएको सार्वजनिक विभिन्न रिपोर्ट सकारत्मक प्रतिकृया पाईएको सहभागिले बताएका छन् । यस अघि तीन ठाँउमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले ब्यक्त गरेका प्रतिवद्धता कति पुरा भए नभएको बारेमा पनि रिपोर्ट सार्वजनिक गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुको जवाफ दिन कार्यकारी अधिकृत पोखरेल सहित कृषि सम्पर्क कार्यालय निजगढका प्रमुख साधुराम खरेल, प्राथमिक स्वाथ्य केन्द्रका प्रमुख डा. सानु कुमार दुबे, निजगढ नगर समितिका अध्यक्ष सुरेश कुमार, विभिन्न राजनीतिक दलका प्रमुख, महिला नगर समन्वय समितिका उपाध्यक्ष प्रमिला पराजुली लगायत थिए । कार्यक्रममा सहभागिले आरोप प्रत्यारोप देखि गुनासा सम्म पोखिएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता पद्म भण्डारीले बोल्न सक्ने ठाँउमा मात्र विकास बजेट निकासा हुने गरेका आरोप लगाए । एनसेल टावर क्षेत्रको महत्वपूर्ण सडक बनाउन चासो नदिएको भन्दै योजना छनौटमा समेत ठुला बडाको मात्र हालिमुहाली हुने गरेको टिप्पणी गरेका थिए । त्यसको जवाफ दिदै कार्यकारी अधिकृत पोखरेलले योजना छनौंट वडा हुदैँ नगरपरिषद्मा प्रस्तुत गरिने भएकाले आगामी दिनमा सडक योजना पेश भए पक्कै बजेट छुट्टिने विश्वास दिलाएका थिए ।
त्यस्तै राप्रपा नेपाल निकट किसान संघका केन्द्रिय नेता शिव प्रसाद तिमल्सिनाले शहीद चोकमा रहेको पशु बधशालाले मानवस्वाथ्यमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई तत्काल हटाउन तत्काल पहल गर्न आग्रह गरेका थिए । आफु राप्रपा नेपालको कारण वन समुहले आगलागी हुदाँ समेत काठ नपाएको नेता तिमल्सिनाले गुनासो पोखे । तिमल्सिनाको सवालको जवाफ दिदै कार्यकारी अधिकृत पोखरेलले ऐन कानुन विपरित संचालित बधशाला हटाउन प्रयास भईरहेको भन्दै असारभित्र नहटाए साउनमा प्रशासनको मद्दत लिएर पनि हटाईने बताए । नगरपालिकाले सबै चिजको ब्यवस्था गर्न नसक्ने भन्दै विकल्प नदिएसम्म हटाउँदैनौं भन्नुको कुनै अर्थ नभएको प्रष्ट पारे । त्यस्तै वन समुहलाई काठ उपलब्ध गराउन पत्रचार गर्ने जनाए ।
कार्यक्रममा अन्जु नेपालीले महिला र दलित शिर्षकको बजेट अन्य शिर्षकमा खर्च भईरहेको आरोप लगाउँदै कहाँ–कहाँ खर्च गरिएको छ भनि प्रश्न गरेकी थिईन् । महिलाको शिर्षकको बजेट खानेपानी र सडकमा खर्चेको भन्दै त्यसो नगर्न आग्रह गरेकी थिईन् । प्रश्नको जवाफ दिदै कार्यकारी अधिकृत पोखरेलले महिला शिर्षकमा २८ लाख बजेट बिनियोजन गरिएको भन्दै सम्बन्धित शिर्षकको बजेट सम्बन्धित शिर्षकमा नै खर्चेको     बताए । महिलाको १८ लाख बजेट भौतिक पूर्वाधार र अरु बजेट विभिन्न सिपमुलक तालिम र गोष्ठिमा खर्च गरिएको जनाए । त्यस्तै दलित शिर्षको बजेटबाट अहिले विभिन्न तालिम संचालन भईरहेको भन्दै सहभागिताको लागि दलित अगुवाहरुले भुमिका खेल्न नसकेको बताए । 
त्यस्तै खड्ग प्रसाद गौतमले सार्वजनिक जग्गा खोज्ने काम कहाँ पुग्यो भन्दै जिज्ञासा राखेका थिए । गौतमले दर्ता नै नगरी स्वाथ्य केन्द्र संचालन भईरहेको र लाईसेन्स विना नै अटो रिक्सा संचालन भईरहेको भन्दै जिज्ञासा राखेका थिए । कार्यकारी अधिकृत पोखरेलले सार्वजनिक जग्गा खोज्ने काम सकिएको र त्यसको ब्यवस्थापनको काम सुरु गर्ने जनाए । ऐलानी जग्गा सरकारको नासो भएकाले फिर्ता गर्नु पर्ने भन्दै त्यस्ता जग्गा ब्यक्तिको हुन नसक्ने बताए । जनताको सम्पति सार्वजनिक महत्वका संरचना बनाएर जनताले उपभोग गर्न सक्ने बताए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा निजगढका प्रतिनिधिले अटो रिक्साको लापरवार्ही बढेको भन्दै कार्यालय सरेको कारण बजार क्षेत्रमा समस्या आएको हुन सक्ने भन्दै बजार क्षेत्रमा चेकिङ्ग बढाईने बताए ।
कार्यक्रममा लालपुर्जा नभएको जग्गामा बनेका घरको नक्सापास नहुने समस्या बारेमा सेवाग्राहीले कार्यकारी अधिकृत पोखरेलको ध्यानकर्षण गराएका    थिए । त्यसको जवाफमा सरकारी मापदण्ड अनुसार नै लालपुर्जा भएकै जग्गामा बनेका घरको नक्सा पास हुने प्रष्ट पारे । जग्गा एक ठाउँको अर्को ठाउँमा कागजमा भेटिने समस्या हल गर्न महासर्वेको पहल भईरहेको भन्दै कार्यकारी अधिकृत पोखरेलले जीआई प्रणाली अनुसार गरिने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार शिद्धिलाल लामाले पीपीसि ढलान मापदण्ड अनुसार नभएको भन्दै ४० टन बोकेका सवारी साधनलाई कसरी धान्छ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ भने नगरपालिकाका ईन्जिनियर नविन खनाले दिएका थिए । ६ ईन्च भन्दा कमको मोटाई भएको पीपीसि ढलान नभएको भन्दै प्रश्नमा उल्लेख भएको कुनै पनि सडक भेट्टिए आफुले कुनै पनि सजाय भोग्न तयार रहेको स्पष्ट पारेका थिए ।
त्यस्तै एकल महिला नेतृ जिरीमाया बलले जेष्ठ नागरिकले अहिलेसम्म औषधि उपचार खर्च पाउन नसकेको भन्दै त्यसमा नगरपालिका कार्यालयले पहल नगरेको र जेष्ठ नागरिक सम्मानमा समेत विभेद भएको आरोप लगाईन् । त्यसको जवाफ दिदै कार्यकारी अधिकृत पोखरेलले जिविसको कारण ढिलाई भएको भन्दै नगरपालिकाले सुरु देखि नै बैंक मार्फत वितरण भईरहेको र अब सिधैं नगरपालिका मै रकम प्राप्त हुने गरि पहल भईरहेको बताए । जेष्ठ नागरिक सम्मान कार्यक्रममा एक सय वर्ष पुरा गरेकालाई सम्मान गरिएको भन्दै कोही छुटेको भए घरमै पुगेर सम्मान गर्ने बताए ।
त्यस्तै रामप्रसाद गौतमले नगरमा कृषिका लागि कस्ता कार्यक्रम संचालन भईरहेको छ भनि जिज्ञासा राखेका थिए । त्यसको कृषि सम्पर्क कार्यालय निजगढका प्रमुख खरेलले जवाफ दिदै नगरपालिकाले कुनै पनि कार्यक्रममा सहयोग नगरेको दुखेसो पोखेका थिए । निजगढ कृषिमा आधारित नगरपालिका भएको र नगरवासी सबै कृषक भएको भन्दै नगरपालिकाले खर्च गरेको सबै बजेट कृषिकै बजेट भएको भन्दै टिप्पणी गरेका थिए । निजगढ कृषि पकेट क्षेत्र रहेको भन्दै कृषकको लागि तालिमको ब्यवस्था गर्न आग्रह गरेका थिए । निजगढमा हाते ट्या््््क्टरको माग बढेको बताए । केराको विकासको लागि आफुहरु लागि परेको भन्दै खरेलले नाम नै तोकेर फोटो बेचेर कमाउने संस्था पनि छ भनेपछि कार्यक्रममा चर्को विरोध भएको थियो । तालिम तथा रोजगार प्रदायक संस्था कुशल ब्यवसाय तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईरालले आरोप फिर्ता लिन दबाब दिएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रविराज दंगालले हरेक विकास निर्माणमा दल विशेषका सांसदको नाम जोडेर प्रचार नगर्न आग्रह गरेका थिए । 

Post a Comment

 
Top