0
निजगढसमाचार,निजगढ, ५ साउन
बाराको निजगढ नगरपालिका भित्रका विभिन्न टोलमा अहिले पक्की सडक देख्न पाईन्छ ।
सडक विभाग, निजगढ नगरपालिका र नगर विकास मार्फत दर्जनौं पक्की स्लाप ढलान भएका छन् ।
निजगढ नगरपालिका–४ पुरानो टोलमा पनि पक्की सडक निर्माण भएको छ ।
निजगढ नगर विकास समितिको पहलमा शहरी विकास मन्त्रालयमार्फत बरपिल चौतारो मार्गमा स्लाप ढलान भएको हो ।
स्थानीय रत्न अधिकारीको घरदेखि कृष्ण बराईलीको साँधसम्म २६.५ फिट बाटो पक्की भएको हो । स्टमेटमा २३ फिट भए पनि उपभोक्ताको श्रमदानले बढाएर साढे २६ मिटर पु¥याईएको सडकको चौडाई १७ बाट बढाएर १८ फिट र ढलानको मोटाई  ७ ईन्च रहेको बरपिल चौतारो मार्गमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गौतमले बताए । सडकलाई वडा नं. ४ र ५ को सिमानासम्म र अहिले सुरु भएको स्लापदेखि नयाँबस्ती खोल्सासम्म पु¥याउने योजना रहेको समितिका अध्यक्ष गौतमले बताए ।
यो सडक निर्माण हुदाँ तीन सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने समितिले जनाएको छ । यो सडक मकवानपुरको छतिवन र धियाल, जयसपालका स्थानीयले छोटो पैदल यात्राको लागि समेत प्रयोग गर्दै आएका छन् । 

Post a Comment

 
Top