0
निजगढसमाचार,निजगढ, ५ साउन
बकैया नागमणी सामुदायिक वन क्षेत्रमा बन्चरो प्रवेश निषेध गरिएको छ ।
वन क्षेत्रबाट दाउराको नाममा हरियो काठ काटेर ल्याउन थालेपछि समुहले वन्चरो प्रवेशमा रोक लगाएको हो । वन समुहले बन्चरो प्रवेश रोक्न गस्ति बढाउने तयारी गरेको समुहका अध्यक्ष रविराज दंगालले बताए । वन प्रवेश गर्ने मुख्य नाकामा बसेर बन्चरो बोकेर वन क्षेत्र प्रवेश गर्नेलाई पहिलो पटक फिर्ता पठाईने र पटक–पटक भेटिएमा कारवार्ही प्रकृया अघि बढाईने समुहले जनाएको छ ।
यसैविच राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम अन्र्तगत जिल्ला वन कार्यालय बारा मार्फत निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वनमा बृक्षारोपण हुने भएको छ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम र जिल्ला वन कार्यालयको विशेष सहयोगमा समुहको ६ हेक्टर क्षेत्रफलमा ९ हजार ६ सय विरुवा बृक्षारोपण हुन लागेको लाल रेन्जपोष्टका सहायक वन अधिकृत प्रमानन्द प्रसाद कुशवाहाले बताए ।
आफुहरुको अनुरोधमा वन कार्यालयले उपलब्ध गराएको खयर सिसौं, मसला, सिमल लगायतका प्रजातिको विरुवा बृक्षारोपण गर्न लागिएको बकैया नागमणी सामुदायिक वन समुहका अध्यक्ष दंगालले जानकारी दिए । लालबकैया नदीको उत्तर तर्फ रहेको नदी उकास क्षेत्रमा बृक्षारोपण गर्न लागिएको क्षेत्रमा पक्की पोल सहित तारबार गर्ने काम भईरहेको छ । खाल्डो खन्न र विरुवा रोप्न उपभोक्ता समुहलाई आग्रह गरिएको सहायक वन अधिकृत कुशवाहाले बताए । ‘हिजोबाट विरुवा रोप्न खाल्डो खन्ने काम सुरु गर्न भनेका छौं ।,’ कुशवाहाले भने–पानी परेको मौषममा विरुवा रोप्दा प्रभावकारी हुने भएकाले  साउन पहिलो हप्ताभित्र बृक्षारोपण सक्नु पर्छ ।’ बृक्षारोपण अघि खाल्डो खन्न र बृक्षारोपणका लागि उपभोक्ता परिचालन गरिने दङ्गालले बताए । ‘समुहको गतिविधिमा उपभोक्ताको अनिवार्य सहभागिता हुनु पर्छ,’ अध्यक्ष दंगालले भने–त्यसका लागि भोलीदेखि नै प्रचार गरेर उपभोक्तालाई सहभागिताको लागि अनुरोध गछौं ।’ समुहको गतिविधिमा सहभागि हुने र नहुने उपभोक्ताको रेर्कड राखिने समुहका कोषाध्यक्ष हरिप्रसाद न्यौपानेले बताए । यसैविच बृक्षारोपण स्थलमा निजगढ नगरपालिका कार्यालयले सामुदायिक वन समुहको अनुमति विना नै फोहोर फ्याकेको भन्दै त्यसलाई सफा गर्न जिल्ला वन कार्यालय अन्र्तगतको लाल रेन्जपोष्टले समुहलाई निर्देशन दिएको छ । नगरपालिकालाई फोहोर हटाउन आग्रह गरिएको समुहका अध्यक्ष दंगालले जानकारी दिए ।

Post a Comment

 
Top