0
निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीसामू २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पपुवा न्यूगिनीले केहीबेरमा जवाफी ब्याटिङ सुरु गरेको छ ।
    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनायो ।
नेपालले पहिलो विकेट खाता नै नखोली गुमाएको थियो । ओपनर अनिल मण्डल पहिलो बलमै एलबीडब्लू धरापमा परे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुन पनि १० रनमै आउट भए ।
तर, सुवास खकुरेलले सम्हालिएर प्रदर्शन गरे । सुवासले तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग रनको साझेदारी गरे । ४७ रनको साझेदारी गरे ।
     मल्ल २३ रनमा आउट भए । कप्तान पारस खड्का मात्र ६ रनमा पभेलियन फर्किएपछि नेपाल फेरि दबावमा आयो । तर, शरद भेसवाकरले उत्कृष्ट पारी खेले । सुवास र शरदले पााचौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।
     सुवास पाचौ विकेटका रुपमा ६३ रनमा आउट भए । १०४ बलको सामना गरेका उनले मात्र २ चौका हाने । सोमपाल कामी ८ र मेहबुब आलम मात्र ३ रन जोडेर आउट भए ।
    तर, शरदलाई बसन्त रेग्मीले राम्रो साथ लिए । शरद र बसन्तले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । शरद ७८ रनमा आउट भए । ८३ बलको सामना गरेका उनले पााच चौका हानेका थिए । बसन्त २४ र शक्ति गौचन १ रनमा अविजित रहे ।

Post a Comment

 
Top