0
निजगढसमाचार, काठमाडौं, ३१ कात्तिक

पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले छिमेकी मुलुक भारत बाराको निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल (एसआइए) बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
सोमबार पर्यटन पत्रकारहरुसँग भएको छलफलमा मन्त्री पोखरेलले विमानस्थल बन्न नदिनकै लागि फास्ट ट्राक र विमानस्थल एउटै प्याकेजमा बनाउने प्रस्तावहरु अघि सारिएको बताए ।
   ‘दोस्रो अन्तराष्ट्रिय विमानस्थल साउथ एसियाकै महत्वपूर्ण ठाउँमा छ र हब बन्छ’ उनले भने-‘तर, छिमेकीहरु नबनोस् भन्ने ठान्छन् । जब हामीले काम थाल्छौं एसआइएको विरुद्ध कोही बोलेछन् भने ठान्नुस्, यो कसैको प्रयोजित हो ।’
    आफू मन्त्री भए लगतै फास्टट्राक, त्रिभुवन अतराष्ट्रिय विमानस्थल (टीआइए) र एसआइए एउटै प्याकेजमा बनाउन तथा टीआइए र एसआइए एउटै प्याकेजमा बनाउनु पर्छ भन्नेहरु आएको उनले सुनाए ।
‘यो नबनाउनका लागि हो । तीनबटा छुट्टा छुट्टै हुनुपर्छ, कुनै हालतमा पनि प्याकेजमा हुँदैन’ नागरिक उड्डयन मन्त्री पोखरेलले भने-‘मैले कसैले यस्तो प्रस्ताव ल्याऐ मन्त्रालय छिर्न दिइन्न भनेको छु ।’
   भारततर्फ संकेत गर्दै मन्त्री पोखरेलले भने-‘एउटै मुलुक नबनोस् भन्ने चाहेको छ ।’
नागरिक उड्डयन मन्त्री पोखरेलले भारतको अघोषित नाकाबन्दीले नेपालमा हवाइ क्षेत्र बलियो चाहिन्छ भन्ने सन्देश दिएको बताए ।

Post a Comment

 
Top