0
सिम्रौनगढमा गोली प्रहारबाट शिक्षक घाइते
निजगढ समाचार, बारा,३० कात्तिक
बारामा ट्रक दुर्घटना हुदा ट्रकका चालक र सहचालकको मृत्यु भएको छ । जिल्लाको गढीमाई नगरपालिका जितपुर-३ मा ना ४ ख २५९८ नम्बरको ट्रक अनियन्त्रीत भई रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गोरखा जिल्ला ताप्ले गाविस-२ निवासी चालक ५५ वर्षीय टंकबहादुर बानिया र सोही ठाउँ बस्ने १९ वर्षीय सहचालक प्रमोद बोगटी रहेका छन् । आइतबार राति दुर्घटनामा घाइते भएका उनीहरुको बीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
प्रहरीको स्कर्टिङमा वीरगंजको सुख्खा बन्दरगाहबाट ट्रकमा फलाम लोड गरी पथलैया तर्फ जाँदै थियो ।
गोली प्रहारबाट शिक्षक घाइते
यसैबीच बाराको सिम्रौनगढमा अज्ञात समुहको गोली प्रहारबाट एक शिक्षक घाइते भएका छन् । सिम्रौनगढ नगरपालिक-३ नयाँकाटोल निवासी शिक्षक बृजकिशोर यादवलाई अज्ञात समुहले गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।
    यादवको बीरगंजमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक कृष्णदेव चौधरीले बताए । यादवको पिठ्यूँमा गोली लागेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
घरको झ्यालबाट अज्ञात समुहले गोली प्रहार गरेको थियो । गोली प्रहार गर्ने समूह फरार रहेको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top