0
महेश्वर अधिकारी,निजगढ समाचार
निजगढ, ३० कात्तिक
र्ईलाका प्रहरी कार्यालय निजगढमा नयाँ प्रमुखका रुपमा प्रहरी निरीक्षक अनिल कुमार अधिकारी आएका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट सरुवा भई प्रहरी निरीक्षक अधिकारी निजगढ आएका हुन् । निजगढ दरबन्दी भई लामो समय तालिममा रहेका प्रहरी निरीक्षक कैलाश राईको केन्द्रिय प्रहरी विशेष कार्यदल नक्सालमा सरुवा भएपछि निजगढको नयाँ प्रमुखमा अधिकारीको सरुवा भएको हो ।
लामो समय प्रहरी निरीक्षक राई तालिममा रहेपछि ईप्रका निजगढ प्रमुख विहीन भएको थियो । यसैविच तीन महिनाको अवधिमा निजगढमा काजमा दुई जना प्रहरी निरीक्षक खटिएका थिए । प्रहरी निरीक्षक रामप्रसाद गौतम झण्डै एक महिना अघि निजगढ आएका थिए । त्यस अघि दुई महिना प्रहरी निरीक्षक राजन प्रसाद मैनाली खटिएका थिए ।
   एक वर्ष अघि निजगढलाई प्रहरी नायब उपरिक्षकको नेतृत्व पाएको थियो । निजगढमा अपहरण र फिरौती मौलाएपछि आक्रोशित निजगढवासीले आन्दोलन गरेपछि प्रहरी नायब उपरिक्षक विष्णुहरी कोईरालालाई ईप्रका निजगढको जिम्मेवारी दिईएको थियो । स्थानीयले प्रहरी नायब उपरिक्षकको दरबन्दी हुनुपर्ने माग गरे पनि केही समय प्रहरी नायब उपरिक्षकले काम गरेपनि दरबन्दी भने प्रहरी निरीक्षककै रहेको छ ।

Post a Comment

 
Top