0
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन


निजगढ समाचार, निजगढ, २९ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको निजगढ अन्र्तराष्ट्रिय विमान स्थल र काठमाण्डौं–तराई मधेश दु्रत मार्ग (फास्ट ट्रयाक) लाई सरकारले निरन्तरता दिने बताएका छ । आज साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय गौरबको आयोजनाहरुलाई निरन्तरता दिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वपश्चिम राजमार्गलाई प्राविधिक रुपमा सम्भव भए ६ लेन र त्यो सम्भव नभए चार लेनमा विस्तार गर्ने समेत बताए । सरकारले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने, चीनसँग जोड्ने बाटाहरुको स्तरोन्नति गर्ने घोषणा गरे । मध्यपहाडी लोकमार्ग लगायत राष्ट्रिय गौरबका आयोजनालाई सरकारले दु्रत रुपमा विकास गर्ने प्रम ओलीले प्रतिवद्धता जनाएका छन् ।
   मन्त्रीहरु र सरकारलाई समर्थन गर्ने दलका नेतालाई साथमा राखेर प्रधानमन्त्री ओलीले आइतबार साँझ देशवासीलाई सम्बोधन गरेका थिए । भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछौं भनेर आँखा खोलेको भन्दै उनले आत्मनिर्भरताका केही योजनाहरु अघि सारेका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा मेट्रो रेलको तयारी तत्काल अघि बढाउने घोषणा गरेका छन् । उनले सौर्य उर्जामार्फत एक वर्षमा २ सय मेघावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, विद्युतीय चुलो उत्पादन र इन्धनको भण्डारण क्षमता बढाउने बताए ।
    मिनी बजेटकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले विकास कार्यक्रमहरु समेत घोषणा गरेका छन् । उनले नेपालका आफ्नै उत्पादन प्रयोगलाई प्रोत्साहन गरिने बताए ।
ओलीले मधेस आन्दोलन र नाकाबन्दीले भूकम्पले भन्दा ठूलो क्षति गरेको बताए । उनले अब पुनर्निर्माण विधेयक पारित गरेर प्राधिकरण तत्काल गठन गर्ने समते बताए । भूकम्प पीडित जनतालाई आवास दिइने र पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने बताए ।
प्रधानमन्त्री ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाइने समेत घोषणा गरे ।
उनले मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई तत्काल आन्दोलन फिर्ता लिएर वार्तामा बस्न आग्रह गरे । त्यसैगरी उनले भारतलाई अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरे ।

Post a Comment

 
Top