0

निजगढ समाचार, बारा, १ मंसिर
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले संस्कार दैनिक पत्रिका जलाएका छन् । आज मोर्चाको निर्णय विपरित संविधानमा हस्ताक्षर गर्ने सांसदले छठको अवसरमा दिएको शुभकामना सन्देश प्रकाशन गरेको भन्दै मोर्चाका कार्यकर्ताले बाराबाट प्रकाशित संस्कार खबर दैनिक पत्रिका जलाएका हुन् ।
    मोर्चाका प्रवक्ता अरुण सिंहले पत्रिकाले मोर्चाको निर्णय विपरित संविधानमा हस्ताक्षर गर्ने सांसदहरूको शुभकामना सन्देश प्रकाशन गरेकाले पत्रिका जलाइएको बताउनुभयो ।
   संस्कार खबर पत्रिकाले सांसदहरू रामअयोध्या यादव, राधेचन्द्र यादव र बलबीर चौधरीको शुभकामना सन्देश प्रकाशन गरेको थियो । नेपाल पत्रकार महासंघ बाराले यो घटनाको भत्र्सना गरेको छ ।

Post a Comment

 
Top