0

निजगढसमाचार, काठमाण्डौं, ८ असार ।
काठमाडौं–निजगढ दूत मार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन भएको छ । 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्राक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको हो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो मार्ग सरकार आफैले बनाउने प्रचण्ड नेतृत्वको सरकारको निर्णय अनुसार नेपाली सेनालाई जिम्मा दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १४ गते निजगढमा शिलान्यास गरेका थिए ।
 सडक बनाउन दाबाब दिने उद्देश्यले विभिन्न दाबा मुलक कार्यक्रम समेत भएको थियो । निजगढका युवा रबिराज दंगालको नेतृत्वमा निजगढदेखि काठमाण्डौंसम्म पैदल यात्रा र प्रवेशद्धारमा रिले अनशसन समेत गरिएको थिए ।

Post a Comment

 
Top