0
निजगढसमाचार, कोल्बी, ७ असार 
सागर घोरसाईने/अहिले देशका दक्षशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम दिनानुदिन बढ्दो छ । तर बाराका केहि युवा मिलेर गाउँमा बाख्रा फार्म संचालन गरेको देख्दा सबैमा एक प्रकरको जोस आउंछ । 
बारा जिल्ला स्थित कोल्हवी नगरपालिकाको वडा नं २ मा यूवाहरुले पुरानो काटा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । नगरपालिकामा ४ वर्ष अगाडि करिब ४० लाख लगानिमा ३० ओटा बाख्राबाट सुरु भएको पुरानो काटा बाख्रा फर्ममा अहिले माउ, व्याडे बोका र पाठा र पाठी गरि करिब १८० बाख्रा भएका छन् । उद्यमीले कृषिमा व्यवसायीकरण, परनिर्भतामा कमि र कृषि उत्पादनलाई बढुवा दिने सोच तथा उद्देश्यका साथ सुरु गरेका सञ्चालक राजु घोरसाईनेले बताउनुभयो । जति मेहनत गरेपनि सरकारी तरबाट भने उचित सहयोग नपाएको फार्मका अर्का संचालक रामशरण घोरसाईनेको गुनासो छ । 
   सहज रुपमा उन्नत जातका माउ बाख्रा तथा बोकाको उपलब्धता नहुनु, घाँसको लागि विउबिजनको कमि, बिना धितो फर्मको आधारमा बैंकबाट ऋण नपाउनु, पहुँचको अभावमा सरकारी अनुदान प्राप्त गर्न नसक्नु जस्ता समस्याहरुसँग जुधिरहनु परिरहेको छ । 
    हाल यो व्यवसायिक फार्मले स्थानिय माग पुरा गर्न सक्षम रहेको बताएको छ । अहिले फार्मले ६ जना स्थानीयहरुलाई रोजगारी प्रदान गरिरहेको छ । फार्म ब्यावसायीकरण गर्न के९के गर्नुभयो त रु भन्ने प्रश्नमा फार्मका अर्का सञ्चालक सुरेश गौतमले भन्नुभयो सम्पुर्ण बाख्राहरुको पशु बिमा गरिएको छ महंगो मुल्य खर्चेर उन्नत जातका बोयर बोकाको ब्यवस्था गरिएको तथा ऋयद्द,अयघ, सुडान, स्वीट नेपियर, मोलाटो, पासपालम आदिमा आत्मनिर्भर  भएको, उचित दानापानीको ब्यवस्था, ब्यवस्थित भित्री तथा बाहिरी खोर, मिनरल ब्लक समेत ब्यवस्था गरिएको छ । 
    फर्मले स्थानिय स्तरमा उपलब्ध स्रोत साधन तथा अन्नपातको प्रयोग गरि स्थानिय उत्पादनलाई प्रवर्धन समेत गरिरहेको सो फार्मका अर्का सञ्चालक बुद्ध नारायण ढंगोलले बताए । सरकारले हरेक बर्षको बजेट बक्तब्यमा कृषि क्षेत्रलाई लक्षित गरेर विभिन्न कार्यक्रमको खाका प्रस्तुत गरे पनि ब्यवहारमा कृषक, पशुपालक तथा यस क्षेत्रमा केहि गरौं भन्ने भावनाले आफ्नो उर्वर समय कृषिकर्ममा खेर्चेका युवाहरुको पहुँचमा नआईनपुगेको भन्दै गुनासो गर्नुभयो ।
   कृषि ब्यापारिकरणको क्षेत्रमा लक्ष्य अनुरुप नतिजा हाँसिल गर्न नसकिरहेको सञ्चालकहरुको भनाई थियो  । पछिल्लो समयमा युवा जनशक्ति आकर्षण कमाई भन्दै विदेश पलायन भईरहेको वेला यि यूवाहरुले स्वदेशमा बसेर पुरानो काम नयां तरिकाले शुरु गरेको धेरैको भनाई छ । यसरी ब्यक्तिगत तवरबाट आफु, स्थानिय समुदाय तथा समग्र देशकै आत्मनिर्भरताको लागि मेहनत गरिरहेका यस्ता कर्मठ युवाहरुलाई बर्षेनी करोडौं खर्चिने सरकार तथा यसका निकायहरुले उचित ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

Post a Comment

 
Top