0


निजगढसमचार, निजगढ, ९ असार ।
बाराको निजगढ नगरपालिका–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ब्यवस्थापन समितिले पूर्णता पाएको छ । निर्वाचन आचारसंहिता लागु भएका कारण रोकिएको ब्यवस्थापन समितिका निर्माण प्रकृयाले शुक्रबार पूर्णता पाएको हो । 
गत माघ महिनामा नै समितिको ४ जना सदस्य चयन भए पनि आचारसंहिता लागु भएका कारण अध्यक्ष र मनोनित सदस्य चयन हुन सकेको थिएन् । ४ जनाको ब्यवस्थापन समितिको बैठकले जगजिवन कुमरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनी नेकपा माओवादी केन्द्रका ११ नं. वडाका ईन्चार्ज हुन् । 
बैठकले घनश्याम श्रेष्ठ, महिला सदस्यमा दुलारी देवी कुमरलाई मनोनित गरेको छ । समितिको सदस्यहरुमा राम आशिष गुरो र रामकुमारी लामा यस अघि नै चयन हुनु भएको थियो । त्यस्तै समितिको शिक्षक प्रतिनिधिमा कुलदिप ठाकुर र सदस्य सचिवमा विद्यालयका प्रअ ईन्द्रदेव यादब चुनिएका छन् ।

Post a Comment

 
Top