0
निजगढसमाचार, निजगढ, १० असार ।
युथ अफ निजगढले शनिबार निजगढ नगरपालिका भित्रका शारिरिक रुपमा अशक्त ७ जनालाई ह्विलचेयर बितरण गरेको छ ।
युथ अफ निजगढले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बारा क्षेत्र नं ६ का सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलको संसद विकास कोषबाट प्राप्त हिवल चियर बितरण गरीएको हो ।
निजगढ–९ स्थित सनराईज मार्केटमा एक कार्यक्रमका बिच निजगढ ४ का पुवा कुमार थारु र  सुगन्धि कुमारी ठाकुर, निजगढ १ की जमुना लामा, निजगढ १३ का दिपक कुमार थिङ्ग, निजगढ ११ का लिला बहादुर स्याङ्गतान, निजगढ ४ का सौरभ अधिकारी,  सम्झना स्याङ्गतान,  लाई हिवल चियर बितरण गरीएको हो ।
क्लबका अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारी, निजगढ नगर विकार समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, बारा उद्योग वाणिज्य संघ निजगढ शाखाका अध्यक्ष टेक बहादुर लामा, कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्म प्रा.लि. निजगढ ७ का संचालन नवराज पौडेल र क्लबका सल्लाहाकार भाईकाजि श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले देश विकासमा युवाहरुको ठूलो भुमिका रहने बताउंदै निजगढका युवाहरुले गरेको यस्तो समाजिक कार्य निकै सह्रानिय रहेको बताउनुभयो ।
क्लबले गरेको कार्य निकैनै व्यबहारीक रहेको र आगामि दिनमा यस्तो खालको सामाजिक कार्य गर्दा क्लबलाई कुनै पनि किसिमको सहयोग गर्न आफु तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल सुरक्षा वेश निजगढका प्रहरी नायव उपरीक्षक सन्तोश बिक्रम शाह, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक कुमार राय, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक रीपेन्द्र कुमार सिंह, रेडियो मध्य तराईका प्रबन्ध निर्देशक उमेश सुनार, युथ अफ निजगढका संरक्षक प्रकाश श्रेष्ठ र सल्लाहकार जितलाल श्रेष्ठको आतिथ्यता रहेको थियो ।
क्लबका उपाध्यक्ष उत्सव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन क्लबकी सदस्य लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।

Post a Comment

 
Top