0
निजगढसमाचार, निजगढ, १० असार ।
नेपाल तेक्वान्दो एसोसेशन बाराका सचिव एवं चर्चित प्रशिक्षक हेमालाल श्रेष्ठ दुर्घटनामा परि घाईते हुनुभएको छ ।
निजगढ–९ स्थित आफ्नो घरबाट विहान मर्निङवाक (जगिङ्ग) मा निस्कुनु भएका श्रेष्ठलाई पुर्व–पश्चिम लोकमार्गको निजगढ–९ स्थित लच्काछेउमा मोटरसाईकलले ठक्कर दिएको थियो । पुर्वबाट पश्चिम तर्फ आईरहेको बा २१ प २७५७ नम्बरको मोटरसाइकलले श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलकोे ठक्करबाट घाईते हुनुभएको श्रेष्ठलाई निजगढ–९ स्थित निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डांै लगिएको छ ।
उनलाई सिमरा विमानस्थलबाट हवाईजहाजबाट काठमाण्डौं लगिएको नेपाल तेक्वान्दो एसोसेशन बाराका अध्यक्ष गुरु प्रसाद गौतमले जानकारी दिनुभयो ।
ठक्कर दिने मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक कुमार रायले जानकारी दिनुभयो ।

Post a Comment

 
Top