0
निजगढसमाचार, निजगढ
बाराको निजगढस्थित गणेशमान पार्क (मोहरी) मा सञ्चारकर्मीहरुका लागि आशन्न स्थानीय तह निर्वाचन केन्द्रित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रेडियो मध्य तराई ९४.४ मेगाहर्जको आयोजना तथा निजगढ नगरपालिकाको आर्थिक सहयोगमा शनिबार स्थानिय निर्वाचनमा संचारकर्मिको भुमिका, क्षमता, अभिवृद्धि एवम पुर्नताजगी कार्यक्रम भएको हो । 
कार्यक्रममा मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार अनन्त मारासैनि र हेटौंडाका बरिष्ठ पत्रकार प्रताप विस्टले प्रशिक्षण दिएका थिए । पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको हो ।
त्यसअघि आयोजित उद्घाटन कार्यक्रम रेडियो मध्य तराईका अध्यक्ष सुरेश कुमार खनालको सभापतित्व र निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरत चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, निजगढ नगरपालिकाका सुचना अधिकृत नविन खनाल, पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्याय, प्रेस युनियन बाराका अध्यक्ष गणेश रिजाल, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस सेन्टर बाराका रामबाबु मेहता, पत्रकार महासंघ बाराका सह–सचिब महेश्वर अधिकारी, रीसु मिडिया मकवानपुरका प्रवन्धक रीपेश दहाल, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दहाल, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक राय, सशस्त्र प्रहरी बल निजगढका प्रमुख लगायत निजगढ नगरपालिका भित्रका पत्रकारहरुको सहभागिता रहेको थियो । रेडियोका प्रबन्ध निर्देशक उमेस सुनारले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रको संचालन अजय उप्रेतिले गरेका थिए । 
 पत्रकारलाई सम्मान 

कार्यक्रममा निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक सहित नगरपालिकाका स्थानीय पत्रकारलाई सम्मान गरिएको छ । 
निजगढको प्रतिनिधित्व गर्दै महासंघका सह–सचिव महेश्वर अधिकारी, कार्यसमिति सदस्य प्रभात तिमल्सिना, प्रदेश पार्षद बसन्त लामा, गुरु प्रसाद गौतम र केन्द्रिय पार्षद गोकुल घोरासैनीलाई सम्मान गरीएको थियो । 

Post a Comment

 
Top