0
निजगढसमाचार, निजगढ
एमाले बारामा उम्मेदवार छनौंट विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नं दुईको निर्वाचन धकेलिएपछि बारामा एमालेको दुई पक्षबिचको विवाद भने उत्कर्षमा छ ।
नियम सङ्गत उमेदवार चयन भएको अध्यक्षको दाबि रहेपनि उमेदवार चयनमा एकलौटिढंगले भएको भन्दै कार्यक्रताहरु रुष्ट भएका छन् । जितपुर सिमरा उप महानगरपालिकाको तीन वटा निजगढ नगरपालिकाको तीन वटा वडा र कलैया उप–महानगरपालकाको केहि वडामा पार्टिले निर्णय नसच्याए बिद्रोह गरि जनचाहाना अनुरुप बागि उमेदवारि दिने केहि नेताहरुले जनाएका छन् । 
उम्मेदवारको टुंगो जिल्ला संयन्त्र समितिको बैठकबाट लगाउनुपर्ने भएपनि एमाले जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मा, सह–ईन्चार्ज दिनेश राई लगायतका माधब नेपाल पक्षको केही नेताले गोप्य ढंगबाट उम्मेदवारको निर्णय गरेको कार्यकताहरुले आरोप लगाएका छन् । पछि एमाले केन्द्रिय सदस्य तथा सभासद बलबिर चौधरीले समेत निर्णय सच्याउनपर्ने जिकिरगरेका छन ।  
जिल्लाभित्र रहेको १५ स्थानीय तहमध्ये १३ वटा तहमा संयन्त्रको बैठक बसेर एमालेले उम्मेदवारको टुंगो लगाएको थियो । बाकी रहेको दुई उमहानगर र एक नगरपालिकाको पनि संयन्त्रको बैठक बसेर उम्मेदवारको टुंगो लगाउनुपर्ने भएपनि संयन्त्रको बिना बैठकनै निर्णय गरिएको कार्यकताको आरोप छ । 
दुई नम्बर प्रदेश कमिटीले उम्मेदवार चयनका लागि बाराका अध्यक्ष बिश्वकर्माले संयन्त्रका सदस्य मध्यै जिल्ला सभासद चौधरी र मैनालीलाई बैठकको बारेमा जानकारी नदिएको ओलि पक्षको आरोपछ । सांसद तथा जिल्ला ईन्चाज चौधरीले पार्टीभित्रको विधि र प्रक्रिया नमानेर गरेको निर्णय दुखद भएको भन्दै यस बिषयमा प्रदेश र केन्द्रसंग छलफल गर्ने जनाएका हुन् ।  

Post a Comment

 
Top