0
निजगढसमाचार, निजगढ, ७ असार ।
निजगढ नगरपालिका कार्यालयमा अब रोलर मेसिनबाट भित्रिएको छ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा ३८ लाख ५० हजारमा रोलर मेरिन भित्र्याउन लागेको हो ।
नगरपालिकाकामा अहिले केस कम्पनीको रोलर फोर्स कन्सल्टेन्सीले परीक्षणका लागि भित्र्याएको हो ।
यात्रीक ब्यवस्थापन डिभिजन कार्यालय बीरगंजले निजगढ नगरपालिकामा भित्रिएको रोलरको प्राविधिक परीक्षण गरिरहेको छ । प्राविधिक परीक्षण रिपोर्ट पछि भुक्तानी गरेपछि नगरपालिकामा हस्तान्तरण हुने निजगढ नगरपालिका कार्यालयका लेखा प्रमुख राजेन्द्र कुमार कार्कीले बताए ।
परीक्षणका क्रममा रहेको रोलरबाट अहिले निजगढ नगरपालिका कार्यालय भवन स्थल जाने बाटोका लेभल मिलाउने काम गरिरहेको छ ।
रोलर मेसिन भित्रिएसंगै यहाँ सडक निर्मांणका लागि जमिनको लेभल मिलाउन सहज हुने भएको छ । निजगढ नगरपालिकामा रोल मेसिन थपिएसंगै निर्माण सामाग्रीको संख्या पाँच पुगेको छ ।
नगरपालिकामा ब्याकु लोडर–१, ट्रिपर–२, ट्रयाक्टर २ रहेको छ । त्यस्तै जीप र मोटरसाईकल एक÷एक वटा रहेको छ । निजगढ नगरपालिका कार्यालयले दमकलको लागि प्रस्ताव पेश गरेको छ । ‘दमकलको प्रकृया मन्त्रालयमा पुगेको छ,’ लेखा प्रमुख कार्कीले भने–यो प्रकृया चाँडै टङ्गो लाग्ने छ । 

Post a Comment

 
Top