0
निजगढसमाचार, निजगढ
महिला हिंसा विरुद्धको १६ दिने अभियाका क्रममा निष्कृय रहेका निजगढका महिला अगुवाहरु बुधबार एउटै मञ्चमा देखिए ।
विवाह पञ्चमीको दिन जनकपुरस्थित रामजानकी मन्दिरमा दर्शनका लागि पुगेकी राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुब्र्यवहारको विरोधमा आयोजित कार्यक्रमले निजगढका महिलाहरुलाई एउटै मञ्चमा उभ्याएको हो ।
बारा निजगढ नगरपालिकाका महिलाहरुले एउटै विरोध ¥याली निकाले र ¥याली पछि आयोजित कोण सभामा एउटै स्वरमा राष्ट्रपतिलाई दुब्र्यवहार गर्नेको विरोध गरे ।
एकल महिला निजगढको ब्यानरमा अटाएका महिलाहरु यस अघि अन्र्तपार्टी महिला सञ्जालमा समेत अटाएका थिएनन् ।
दलिय हिसाबले विभाजित बनेका यहा“का महिलाहरुले मुलुककै पहिलो महिला राष्ट्रपति भण्डारीलाई विधुवा भनि अपमान गरेको गरिएको भन्दै आयोजित विरोध ¥यालीमा एकै ठाउ“मा निकालेको हो ।
निजगढको शहिद चोकबाट सुरु भएको ¥याली ट्राफिक चोकमा पुगि पुनः शहिद चोक हुदै“ निजगढ बजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै अन्र्तपार्टी महिला सञ्जाल निजगढकी अध्यक्ष अरुणा वि.क. ले राष्ट्रपतिलाई अपमान हुदा“ निजगढका महिलाहरु एक भए जस्तै आगामी दिनमा पनि महिला हिंसाको विरुद्धमा महिलाहरु एक हुनु पर्नेमा जोड दिईन् ।
सञ्जालकी विष्णु नेपालले राष्ट्रपतिलाई विधुवा भनेर अपमान गरेकाहरुलाई कारवार्ही नहुने हो भने चुप लागेर नबस्ने बताईन् ।
सिता मैनालीको सभापतित्वमा भएको कोण सभामा अन्र्तपार्टी महिला सञ्जालकी अध्यक्ष अरुणा विक, महिला नेतृ दुर्गा कोईराला, सावित्री भारती, अन्जु नेपाली, एतेन्द्र गौतम लगायतले सम्बोधन गरेको विरोध कार्यक्रमको सञ्चालन लिला खनालले गरेकी थिईन् ।

Post a Comment

 
Top