झण्डै एक दशक अघि दमन रुपाखेतीले निर्माण गरेको एउटा टेलिचलचित्रमा ब्यवस्थापक रहेका झापाका सिताराम कट्टेल र त्यहि टेलिचलचित्रकी कलाकार ललितपुरकी कुञ्जना घिमिरे अहिले नेपालकै चर्चित हास्य जोडि धुर्मुस–सुन्तली हुन् । त्यहा पहिलो पटक देखादेखबाट सुरु भएको उनीको सहयात्रा रेडियो कार्यक्रम हुदै नेपाल टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम मेरीबास्सैं निर्माणसंगै जन्मिएको धुर्मुस–सुन्तली क्यारेक्टर अहिले श्रीमान–श्रीमती र नेपाल सरकारको सरसफाई दुत बन्यो । अघिल्लो सरकारको पालामा सरसफाई दुत घोषित यो जोडि बाराको निजगढमा आई पुग्यो । सरकारले घोषणा गरेको साताब्यापी पूर्वपश्चिम राजमार्ग सरसफाई अभियानको सहयोगी बनेर निजगढमा आईपुगेको यो जोडिसंग निजगढ समाचारको लागि कार्यकारी सम्पादक महेश अधिकारीले शनिवार साझ स्थानीय कस्तुरी होटलमा गरेको कुराकानी :
- सरसफाई अभियान चलाउने सोच कसरी बन्यो ?
देशमा स्वच्छन्दता बढेको छ । कहि“कतै पारदर्शीता छैन् । सबैक्षेत्र प्रदुषित छ । राजनीति अझ बढी फोहोरी छ । सबैको दिमागी फोहर पाखल्नु पर्ने छ, बढार्थु पर्नेछ । तर कसैले पनि यस्तो नचाल्ने हो भने त्यो कसरी सम्भव हुन्छ र ? त्यसैले हामीले त्यस्तो अभियान सञ्चालन गर्ने सोच बनायौं । जसले राजनीतिको फोहरदेखि कार्यलय र घरका फोहर समेत बढार्न सकियोस् । त्यो भन्दा पनि दिमागलाई सफा पार्न सकियोस् ।
- सडकको प्लाष्टिक टिपेर नेताहरुको दिमागको सरसफाई सम्भव छ ?
पहिला आफु सच्चीनु पर्छ । घरको फोहोर सफा गरेर आफैले पहिला घर सफा गर्नुपर्छ । हामी सकारात्मक सोचको विकास गरेर राम्रा कुरालाई प्रोत्साहन गरेर अगाढी बढ्न चाहान्छौं । आफु सफा भए मात्र हाम्रो हृदय सफा हुन्छ । सफा हृदयबाट नै सफा काम हुन्छ ।
अब पनि नेताहरु सच्चिएन् भने कहिले सच्चिने ? अब राजनीति गर्नेहरुले पनि सच्चिने बेला आईसकेको छ । अहिले हामीले थालेको अभियानका क्रममा देखिदा सडकका फोहर टिपेको देखिन्छ तर यसको मर्म निकै गहिरो छ । यसले अब पक्कै पनि नेताहरुको मात्र हैन् सबै क्षेत्रको दिमागको फोहर सफा गर्छ भन्ने विश्वास लिएका छौं ।
- सरसफाई अभियान कसरी अघि बढिरहेको छ ?
अहिले जतात्यतै उकुसमुकुस भएको छ । हामी भने अझैं आशावादी छौं । हामीलाई सरकारले दुतको रुपमा सम्मान ग¥यो । हाम्रो देशमा आउने पर्यटकले एयरपार्टदेखी देख्ने फोहरले के सन्देश बोकेर जान्छन ? यी सबै कुराले हामीलाई देश ब्यापी रुपमा अभियान चलाउनु पर्छ भन्ने लागेर भ्रष्टचार र फोहर अन्त्य गर्न र सबै नेपालीलाई सकारात्मक भावना विकास गर्ने अभियान हामीले सुरु गरेका हौं ।
हामीले देशप्रति माया जगाउनु पर्छ भनेर युवालाई विकासमा लगाउन आवश्यक ठानेर हामी युवाहरुले स्वदेशदेखि विदेशसम्म छौं । हामी अमेरिका थियौं, सरसफाई अभियानका लागि सहयोग रकम उठाउने क्रममा १६ लाख संकलन गरेका थियौं, त्यो क्रम जारी थियो, त्यतिकै बेला नेपालमा भुकम्प गयो । महाविनाशकारी भुकम्पले ठुलो क्षति भएका खबरहरु फेसबुकबाट हामीले पढिरहेका थियौं । त्यसै क्रममा सुन्तलीको फेसबुकमा म्यासेज आयो । म्यासेजमा लेखिएको रहेछ–देशमा महाप्रलय आएको छ, नेताहरुले वास्ता गरेन् कलाकारहरु पनि कहा“ हराए ? त्याहि म्यासेजले आफुहरुलाई निकै प्रभावित पा¥यो । अब नेपाल फर्केर हामीले केहि न केही गर्नै पर्छ भन्ने योजनामा बनाऔं । तत्काल स्वदेश फर्कियौं र हामीले पहिलो चरणमा भुकम्प पीडितलाई राहत वितरणमा जोड दिऔं । सिन्धुपाल्चोक र नुवाकोटमा हामीले राहत बाड्यौं । अमेरिकाबाट ल्याएको पैसा हामीले भुकम्प पीडितको लागि खर्च गरौं । हामीले ५० वटा चर्पी बनायौं, एक घर एक चर्पी, एक धाराको नारा लिएर एकिकृत नमुना बस्ती नै बनायौं । हामीले पूर्णसरसफाई सहितको बस्ती बनाएका हौं । त्यस अघि पनि हामीले बागमति सरफाई सरसफाई अभियानमा समेत सहभागि भएर काम गरेका थियौं । हामी आफ्नै अभियान लिएर देशब्यापी अभियानमा पनि जुटेका छौं । धुर्मस–सुन्तली सरसफाई अभियान हामीले रामेछापबाट सुरु गरिसकेका छौं । त्यो अभियान अन्र्तगत हरेक जिल्ला र नगर, गा“उमा हामी आफै पुगेर सरसफाई गछौं ।
- सरसफाई अभियानको निरन्तराको लागि कस्तो योजना बनाउनुभएको छ ?
धुर्मस–सुन्तली सरसफाई अभियानको निरन्तरताको लागि हामीले जहा“ जहा“ हामी पुग्छौं त्यहा“ धुर्मस–सुन्तली सरसफाई क्लब समेत बनाउ“छौं । यसक्रममा दोलखा, काभ्रे, रामेछापमा यस्तो क्लब गठन भईसकेका छन् । त्यस्तै हामीले नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयहरुसंग सहकार्य गरेर अभियानलाई निरन्तरता दिने योजना बनाएका छौं ।
- सरसफाई अभियान गर्ने क्रममा कस्ता चुनौतीहरु देख्नु भएको छ ? बढी फोहोर हुनुमा कसको कमजोरी देख्नु हुन्छ ?
मुख्य समस्या र चुनौति भनेको हाम्रो फोहरी सोच नै हो । हामीले बुझेर पनि बुझपचाई रहेका छौं । सरफाई गर्नुपर्छ भनेर सबैलाई थाहा छ । तर हामीले हेल्चेक्राई गरिरहेका छौं । हामी धेरै लाचारी भयौं । फोहर खुसीले फाल्न सक्छौं तर त्यहि फोहर टिप्न हामीलाई लाज लाग्छ, घिन लाग्छ । अरुलाई दोष लगाउनु प्रवृति छ हामीमा त्यो अर्को ठुलो चुनौति हो । हामी अब अरुलाई दोष लगाएर पन्छिन मिल्दै मिल्दैन् । धेरै ठा“उमा पुग्दा नगरवासीहरु नगरपालिकाले फोहर उठाउन ध्यान दिदैन् भन्छन् हो नगरपालिका कार्यालयको ब्यवस्थापन गर्ने प्रमुख दायित्व हो तर त्यो भन्दा पहिला नगरवासीको हुन जान्छ । हामीले घरबाट कस्ता फोहर उत्पादन गछौं त्यसलाई पहिले नै छुट्याउने र ब्यवस्थित रुपमा संकलन गर्न राखिएका बकेटमा राख्ने प्रमुख दायित्व नगरवासीको हो । नगरपालिकाहरुको पनि कसरी ब्यवस्थापन गर्ने भन्ने सोचमा कमी देखिन्छ । त्यसलाई बेलैमा योजना बनाएर नगरपालिकाहरु लाग्नु प¥यो । नियमित संकलन गरिदिनु प¥यो ।
- राजनीतिक दलका नेताहरुको कस्तो भुमिका पाउनुभयो ?
हामीले सरफाई अभियान सुरु गर्दा देखि नै राजनीतिक दलका नेताहरुसंग हरेक ठा“उमा छलफल गर्दै आएका छौं । हामीले बोलाएका छलफलहरुमा उहा“हरु आउनुहुन्छ । हाम्रा कुराहरु सुन्नु हुन्छ । सरसफाई अभियानमा सहभागि हुन्छौं भन्दै प्रतिवद्धता जनाउनु पनि हुन्छ तर हामी उहा“हरुबाट त्यति उत्साहित हुन सकेका छैनौं । उहा“हरुले सरसफाई अभियान हाम्रो पनि अभियान हो भनेर सोचिदिनु प¥यो । तबमात्र सरसफाई अभियान सफल हुन्छ । नेताहरुको कुरा सुन्ने र मान्ने थुप्रै कार्यकर्ताहरु हुन्छन् । उहा“हरुले अब सरसफाई हाम्रो अभिन्न अ· हो भनेर कार्यकर्तालाई बुझाउन सक्ने हो भने पक्कै पनि निकै प्रभावकारी हुन्थ्यो । त्यस्तै अब दलका नेताहरुले भन्नु प¥यो सरफाई नगर्ने कार्यकर्तालाई अब हाम्रो पार्टीमा कुनै ठा“उ छैन् । सदस्यता पाउ“दैनौं र सरसफाई गर्दैनौं भने सदस्यता खोसिनेछ । हामी त भन्छु अब सरसफाईको नेतृत्व हरेक दलले लिनु पर्छ । एउटा बार एउटा पार्टीले सरसफाई कार्यक्रमको आयोजना गर्ने र अरु दलहरु पनि सहभागि हुने फेरी अर्को दिन अर्कोले आयोजना गर्ने र अरु सहभागि हुने संस्कार बसाउने हो भने पूर्णसफाई हुन कुनै समय नै लाग्दैन् ।
- सरसफाईको दृष्टिकोणले पहाडी जिल्ला र तराईका जिल्लामा केही भिन्नताहरु छन्,त्यसको लागि कस्तो तयारी गर्नु भएको छ ?
पहाडमा हामीलाई भाषाको समस्या छैन् । हाम्रा दर्शकहरु पनि ग्रामिण भेगमा बढी भएकाले पनि हाम्रो कुरा सुन्ने र बुझ्ने भएकाले चाडै प्रभावित भएर सरसफाईमा सहभागि हुने र अभियान संचालन गर्न सहज छ । तर महाभुकम्पका कारण पहाडी जिल्ला बढी प्रभावित छ । भुकम्पले घर भत्किएपछि त्यसबाट भएको फोहर अझैं सफा हुन सकेका छैनन् । घर छाडेर अस्थायी टहरा बसिरहेका उनीहरुले चर्पी बनाउन सकेका छैनन् । पहिला खुला दिसा मुक्त जिल्ला घोषित भएको ठाउ“का उनीहरु अहिले खुला ठा“उमा दिसा गर्नुपर्ने अवस्था आएको छ ।
तराई अझ बढी फोहर छ । यहा धेरै घरमा चर्पी छैनन् । खुला दिसा मुक्त हुन सकेका छैनन् । यस्तो अवस्थामा हामी सरसफाई अभियान लिएर अहिले पहिलो पटक तराईका जिल्लामा प्रवेश गरेका छौं । अहिले त हामी राजमार्ग केन्द्रित छौं । हाम्रो अर्को सरसफाई अभियानमा त हामी गा“उघर समेत पुग्छौं । हामीलाई त सबैभन्दा पहिला भाषाको समस्या पर्छ जस्तो लागेको छ । अहिले टेलिभिजन र रेडियोमा नेपालीका साथै मैथली भाषामा समेत सचेतनामुलक सन्देश प्रशारण भईरहेको छ । त्यस्तै खाले सन्देश स्थानीय भाषामा समेत तयार गर्ने कुरा त छदैछ । सरसफाई भन्ने कुरा हामीले बुझेर पनि महत्व नदिईरहेको अवस्थामा हामीले अब कसरी मनमा च्वास्स पस्छ भनेर कुराकानी गर्नुपर्छ, त्यस्ता कुरा बुझाउन सक्छौं त्यसमा केन्द्रित हुनु पर्ने हुन्छ । मनमा नविझेसम्म कसैले आफ्नो बानी फेर्दैन् । हामीले फोहर गर्नु नहुने रहेछ भनेर मनमा लाग्ने गरि बुझाउन सक्यौं भने पक्कै हामीले थालेको अभियान मुलुककै एक मात्र प्रभावकरी अभियान बन्ने छ भन्ने हाम्रो विश्वास छ ।
म निजगढकै कुरा गर्छु हामी स्थानीयको घर÷पसल अगाडीका फोहर उठाईरहदा“ धेरैले पछि भन्दै गरेको सुनेका थियौं, यत्रो नाम चलेका कलाकार आएर हाम्रो घर अगाडीबाट फोहर उठाए हामी लागिमेलो पनि गर्न सकेनौं लाज भईरहेको छ । यसले के बुझाउ“छ भने–अब निजगढका स्थानीयले अरुलाई फोहर उठाउने मौका दिनेछैनन् आफै फोहर हुनबाट रोक्ने छन् र सफा राख्नेछन भन्ने विश्वास दिलाएको छ ।
- सकारले कसरी योजना बनाउनुपर्छ ?
सरकाले आफ्नो नीति तथा कार्यक्रममा सरफाईलाई समावेश गर्नुपर्छ । हामीले सरकारलाई एउटा प्रस्ताव समेत पेश गरेका छौं । ‘क्लीन नेपाल २०१७’ माउनका लागि सरकार समक्ष हामीले योजना पेश गरेका हौं । यो प्रस्तावमा हामीले सरकारबाट पनि सरसफाईलाई पर्वका रुपमा मनाएर वर्षभरि नै सरसफाई कार्यक्रम गर्ने भन्ने हो । भ्रमण वर्ष मनाए जस्तै सरसफाई वर्ष २०१७ मनाउनका लागि हामीले प्रस्ताव पेश गरेका छौं यो प्रस्ताव स्वीकृत भएमा वर्ष भरि हरेक घर–घरबाट सरसफाईको एउटा माहौल सृजना हुन्छ । यसले सरफाईको क्षेत्रमा निकै ठुलो सकारात्मक परिणाम ल्याउने छ । यसले सरसफाई अभियानलाई निरन्तरता दिन समेत मद्दत पुग्ने छ ।
- समाज सेवामा सक्रिय हुनुहुन्छ कलाकारिता कसरी अघि बढ्दै छ ?
समाज सेवाले हामीलाई सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि मिलेको छ । हामीले भुकम्प पीडितका लागि जति पनि काम गर्न सक्यौं त्यो भन्दा धेरै आनन्नद कहिल्यौ मिलेको थिएन् । भुकम्पबाट घरबार गुमाएका पीडतहरुलाई हामीले बास बनाउन सक्यौं, उनीहरुले हामीलाई आर्शिवाद दिए । सधैं यस्तै राम्रो काम गर्दै जानु भनेर आर्शिवाद दिएका छन् त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो कि हामीले उहा“हरुको माया पायौं । हामीले समाज सेवामा लागेर जुन सम्मान पाएका छौं, त्यो हाम्रो करियरकै सबैभन्दा ठुलो कुरा हो अझ भनौं हाम्रो जीवनकै ठुलो कुरा पाएका छौं । हामीलाई मानिसहरुले अझ बढी सम्मानले हेर्न थालेका छन् । धेरै ठाउ“मा बोलाउनु हुन्छ । तपाईहरु जति माग्नु हुन्छ हामी दिन तयार छौं तर सामाजिक काम गर्न थालेका छौं, आईदिनु प¥यो भन्छन्, माया गर्छन् कलाकारको लागि त्यो भन्दा ठुलो कुरा अरु केही हुनै सक्दैन् ।
नाकाबन्दीका कारण अहिले हाम्रो टेलिफिल्म बन्द भएको छ । स्टेज कार्यक्रमहरु हुन सकिरहेको छैन् । यस्तो अवस्थामा पनि हामी समाजसेवामा समर्पित छौं । हामीले गरेको समाज सेवाले युवाहरुले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । रिर्टाड लाईफमा समाज सेवा गर्नुपर्छ भन्ने सोचाई गलत हो भन्ने मान्यता हामीले स्थापित गरिरहेका छौं ?
- निजगढलाई कसरी चिन्नु हुन्छ ?
निजगढ हाम्रो साथी नायिका रंजना घिमिरेको गा“उ हो । पहिला देखि नै झापाबाट काठमाण्डौं जादा“ यहि बाटो हुदै“ जाने गरेको भए पनि रात्री बसमा खासै हेटौंडा बाहेक यताको ठाउ“को बारेमा थाहा“ हुन्थ्येन् । पछि दिउ“सो यात्रा गर्ने क्रममा बोर्ड हेर्दै जादा“ ए यो ठाउ“ निजगढ रहेछ भन्ने थाहा“ हुन्थ्यो । पछि कलाकारितामा आए पछि कार्यक्रमका शिलशिलामा पूर्व गएर फर्किने क्रममा काठमाण्डौं नपुगिने भएकाले हामी दुई÷तीन वर्ष यता निजगढलाई बास बस्ने थलोको रुपमा लिदै“ आएका छौं । हामी निजगढमा अहिलेसम्म तेस्रो पटक रात विताउ“दै छौं । केहि वर्षयता काठमाण्डौं–तराई दु्रत मार्गको कारण पनि निजगढ निकै चर्चामा छ ।
Post a Comment
Post a Comment