0

निजगढसमाचार, निजगढ
नेपाली काग्र्रेस पार्टीको आसन्न १३ औ महाधिबेसको मिति तय भएसंगै निजगढ नगरको पनि चुनाबी चर्चा सुरु भएको छ ।
साविक निजगढ गाविसका सचिव एवं नगर समिति सदस्य नबराज तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुक मार्फत नगर सभापतिमा उम्मेदवार दिने घोषणा गरेका छन् । नबराजले फेसबुकमा लेखेका छन्–‘सभापति पद्को लागि दाबी गर्दै सम्पुर्ण कृयासिल साथीहरु माझ अपिल गर्दछु कि मेरा बारेमा केही अनर्गल प्रचारहरु बाहिर आएकोले त्यसलाइ चिर्न को लागि म साथीहरु माझ प्रष्ट पार्न को लागि म यो सोसल मिडिया मार्फत आफ्ना कुराहरु राख्दछु ।’
फेसबुक मार्फत नबराजले आफु कुनै लोभ लालचले नभै आफ्नो स्वबिवेकले आबद्ध भएको उल्लेख गरेका छन् ।
नबराजले आफ्नो उम्मेदवारी कसैको बहकाउमा नएको भन्दै कुनै समुहले उम्मेदवार नबनाएको पनि प्रष्ट पारेका छन् ।
निजगढमा रहेको गुठबन्दी प्रति संकेत गर्दै नवराजले आफ्नो उम्मेदवारी कुनै गुटबाट जन्मिएको होईन भनेर लेखेका छन् । उनले उम्मेदवारी बारे पा“च बुदे प्रष्टिकरण सार्वजनिक गरेका छन् ।
निजगढ नगरका वडाहरुको माघ १५ र नगरको माघ १५ गते अधिवेशन हुदै“छ ।
नगरको अधिवेशनको लागि चार जना उम्मेदवार मैदानमा उत्रिने चर्चा सुरु भएको छ ।
नेपाली कांग्रेस निजगढका सभापतिको लागि नबराज तिमल्सिना, किशोर नेपाल, भाईकाजी श्रेष्ठ र महेशी कुवरको नाम अहिले चर्चामा छ । अहिलेका सभापति सुरेश खनाल समुहबाट महेशी कुवर, पेमासिद्धि लामा समुहबाट भाईकाजी श्रेष्ठ मैदानमा उत्रिने कांग्रेश निकट स्रोतले जनाएको छ । उम्मेदवारको चर्चामा रहेका नेपाल साविक निजगढ गाविसको नेपाली कांग्रेसका पूर्वसभापति हुन् ।
संविधान सभा निर्वाचनमा उम्मेवार बनेका शम्भु बहादुर बुढाथोकीले नगर अधिवेशनमा कसलाई समर्थन रहन्छ भन्ने प्रष्ट नभए पनि क्षेत्रिय अधिवेशनमा भने महासमिति सदस्य पेमासिद्धि लामा समुहलाई सहयोग गर्ने अनुमान कांग्रेस निकटको छ ।
केन्द्रले अधिवेशन मिति नतोक्दै नगर सभापति खनालले साविक भरतगञ्ज सिंगौल गाविस र निजगढ नगरपालिकाको १,२ र ३ नम्बर वडाको कमिटि गर्न थालेपछि विरोध भए पछि अहिले अन्य वडाको रोकिएको छ ।

Post a Comment

 
Top