आधुनिक युगलाई धर्मको खाँचो
धर्म एक बन्धन हो जसले मानिसलाई समाजभित्र स्थापित गराउ“छ । यो कुनै आचरणमुक्त मानवको रुपमा राख्छ, छाडा हुनबाट जोगाउ“छ । यो कुनै ठोस वस्तु होइन् जसलाई देख्न, जोख्न वा नाप्न सकिन्छ । केवल भावना हो जसको स्थान मानव हृदय र सोचाईमा एक दृढ छापको रुपमा रहन्छ । नेपालको सन्र्दभमा र यो दुनिया“कै सन्र्दभमा पनि आज धर्मलाई होच्याउदैछ, ताछिदैछ, खुइल्याउदैछ । यसको परिणाम जगतमा देखा पर्दैछ पनि । दुनिया“मा अनाचार, व्यभिचार, हिंसा, भ्रष्टाचार, ठगी, चाप्लुसी र षड्यन्त्र मौलाउनुपछि धर्मको अवमूल्यन पनि हो । हुनत जेल–नेल, कानुन, अदालत कुन मुलुकमा छैनन् र ? के यी कुराले समाज सन्तुलन गर्न सकेका छन् ? कानुननै आफ्नो हातमा लिएर अन्याय गर्नेको कमी छैन्, यो दुनिया“मा । अर्कोतर्फ धर्म अस्वीकार गर्ने कोही ढोगीहरुले धर्मको कुव्याख्या पनि गरेका छन् । मन्दिर, मस्जिद, देवालय, चर्च, शिवालय आदिको स्थापना गर्नुलाई मात्र धर्मको अभिष्ट ठान्नेहरुले धर्मको मर्म बुझेका छैनन् ।
धर्मको स्थापना मानव अन्तरमन र व्यवहारमा गर्न नसक्दा आज मस्जिद, मस्जिद, गुम्बा आदिको निर्माणमा मात्र मान्छे सिमित छन् अनि भौतिकवादीहरु जेल, नेल, अदालत र सरकार आदि निर्माणमा सीमित छन् । मानव व्यहार, सभ्यता, नीतिमा कोही कसैको सम्भवतः अन्तरदृष्टि पुगेको देखिदैन् ।
अझ भौतिकवादीहरु त भन्दछन–‘धर्म भनेकै शोषक सामन्तहरुले ठगी खाने माखे सा“ङ्लो हो, यसबाट एक्काईसौ शब्तादीका मानव जातिलाई मुक्ति दिलाउनुपर्छ । ‘मानव विकाशको अवरोधक नै धर्मरुपी अन्धविश्वास हो ।’ आदि आदि । निश्चय नै धर्म भौतिक वस्तु होइन् र यसलाई भौतिकवादी चश्माले पनि हेर्नु हुदैन् । किनकी मानव मन, दया, प्रेम, सदाचार, भाइचारा जस्ता धर्म केन्द्रित भावनालाई हेर्ने चश्मा भौतिक विज्ञानले बनाएको छैन् । यसर्थ अध्यात्मक चिन्तन भौतिक दर्शनभन्दा भिन्न छ तर अत्यन्त उच्च छ । उच्च स्थानमा रहेको अध्यात्मक चिन्तनलाई मानवले आफ्नो सोचाईलाई पनि भौतिकवादी सोचबाटमाथि उठाएर राख्नुपर्छ । मानव मनभित्र रहेका विवेक, सभ्यता, नैतिकता, प्रेम, सद्भाव आदि विषयवस्तुहरु भौतिक विज्ञानको कुनै अध्यायमा राखिएका छैनन्, जुन ठोसवस्तुभन्दा लाखौ“ गुणा मुल्यवान छन् । यी मुल्यवान वस्तुहरुको प्रातिका लागि अध्यात्म वा धर्मको खाचो“ पर्छ ।
धर्म वस्तु नभई भावना वा नैतिक बन्धन हो भन्ने कुरा प्रष्ट छ । हत्या, हिंसा र परपीडित गर्नाले पाप लाग्छ भन्ने कुरा आजका मानिसले कसरी पत्याउने ? पाप क“हा लाग्छ ? पाप कस्ले लगाउछ“ ? भन्ने प्रत्युतर मानिसको मनमा छ । यसैले मानिसले पापको डर र त्यसप्रतिको विश्वास हटाई सकेको छ अनि ऊ व्यभिचार किन गर्दैन ? अझ भौतिकवादी राजनीतिज्ञहरुले त ईश्वरको अस्तित्वलाई नै स्विाकर्दैनन् । फलतः दुनिया“ ईश्वर, पाप, पुर्नजन्म जस्ता विषयलाई ठाडो नकार्ने भएको छ । अर्कोतर्फ व्यभिचार जोसग“ धनको बल छ, जसले कानुन किन्छन् र राज्य संचालकलाई पनि आफ्नो प्रभावभित्र राख्छन्, त्यसलाई पनि ईश्वर र धर्मको डर–त्रास छैन । यसरी यो संसार धर्म विहीन अन्धकारमा हु“डालिरहेको छ । अब प्रश्न उब्जन सक्छ कि कसरी यो दु“नियालाई सभ्य र सभ्यक राख्ने ? धर्म ठोसवस्तु हैन सद्व्यहार हो भन्ने भएपछि आजको युग–शिक्षा पनि व्यहारवादी हुनु नितान्त खा“चो छ । प्रविधीक शिक्षाको ससर्गमा अध्यात्मवादी चिन्तन प्रधान शिक्षा नेपालको र विश्कै लागि खा“चो छ । विविध धर्म सम्प्रदायका ग्रन्थहरु जस्तैःरामायण, बाइबल, कुरान आदिका चिन्तनलाई विद्यालय पाठ्यक्र भित्र समावेश गरेर ति विषयहरुको सैद्धान्तिक परीक्षा उतीर्णका साथ–साथै ति ग्रन्थहरुले दिन खोजेका व्यहारिक सन्देशलाई शिक्षार्थीको व्यवहार हेरेर उसको उतीर्ण वा अनुतीर्ण घोषणा गर्ने गरियो भने सम्भवतःजेल, नेल, कानुनले तह नलगाएका व्यभितीहरुको न्यूनिकरण हुन्थ्यो कि ।
- रामकुमार शर्मा (दाहाल)

Post a Comment
Post a Comment