0

निजगढसमाचार, निजगढ
छोरी बलात्कृत भएको बुवालाई कस्तो पीडा हुन्छ ? त्यस्तो पीडामा रहेका बाबुलाई समाजले न्यायको लागि सहयोग गर्नुपर्छ होईन ?
तर, बारा रतनपुरका यस्तै एउटा बाबुले छोरीको न्याय खोज्दा थप पीडा भोगि रहेका छन् ।
समाजबाट साथ पाउनु त त कता हो कता बरु उल्टै धम्की ब्यहार्नु परेको छ ।
मामा घरमा राखेर पढाई राखेको १५ बर्षिय छोरी बलत्कारको शिकार हुन्छे तर न्याय माग्दा ती बाबुले भने दैनिक धम्की, दवाब झेलिरहुनु परेको छ ।
छोरी बलत्कार गर्ने किशोरलाई समातेर प्रहरीमा जिम्मा लगाएयता उनको घरमा दैनिक दुई÷तीन वटा समुह पुग्छ । सान्तोना चाहिएको बेला ती बाबुलाई केस चल्नबाट रोक, छोरीको ती किशोरसंग विवाह गराई देऊ, भोली चौकी आऊ मेलमिलाप गरौं यस्तै दबाब दवाब दिन ती समुह पुग्ने गर्छ ।
रतनपुरबाट ती बाबुले निजगढसमाचारसंग टेलिफोनमा भने–‘यति धेरै दवाब आईरहेको छ कि मलाई धान्न गाहे भईसक्यो ।’
छोरी बलत्कार गर्नेसंग कसरी छोरीको विवाह गरिदिऊ     सर ? उनले टेलिफोनबाट प्रश्न      गरे । अब हामीलाई तपाईहरुले पनि सहयोग नगर्ने हो भने मेरो छोरीले न्याय पाउ“दिन्, ती बाबुले भने–‘विहे गरिदिउ“ भने मलाई बालविवाहको मुद्दा  लाग्छ, नगरिदिऊ भने दबाब थेग्न नसक्ने भईसके“ ।’
प्रहरीले निजगढ नपा १० की एक १५ बर्षे स्कुले बालिकालाई ललाईफकाई जंगलमा लगेर बलत्कार गर्ने नपा ९ का १८ बर्षिय सागर डंगोल अहिले ईलाका प्रहरी कार्यालयको थुनामा छन् ।
तीनै डंगोलका आफन्त, केहि राजनीतिक दलका नेता र अन्र्तपार्टी महिला सञ्जालका सदस्य समेत पुगेर मुद्दा फिर्ता लिन दबाब दिने गरेको ती बाबुले बताए ।
प्रहरीले कानुनी कारवाही शुरु गरेपछि किशोरका आफन्त र केही स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुले दुबैको बिहे गरी दिने भन्दै मुद्दा फिर्ता लिन बालिकाका अभिभावकमाथि दवाव दिन शुरु गरेका हुन् । कानुनी कारवाहीमा परेपछि किशोरको भविष्य बिग्रने चिन्तमा परेका आफन्तले बिहे गर्ने प्रलोभन देखाएर मुद्दा फिर्ता लिन आफन्तमाथि दवाव बढाएका हुन । ‘मुद्दा फिर्ता लिनुस भन्दै नचिनेका मान्छेहरु दिनहु“ घर घेर्न आउछन, ती बुबाले भने, मिल्छ भने प्रहरीलाई पनि मिलाएर आउनु भनेर फर्काइदिने गरेको छु ।’ दलका कार्यकर्ता र महिला संजालका कार्यकर्ताहरु दिनहु“ घरमा आएर मुद्दा फिर्ता लिन र छोरीको बिहे गर्न धम्की समेत दिने गरेको उनले    सुनाए । धम्कीका कारण आफुहरु असुरक्षित बनेको उनले बताए । प्रहरीलाई बुझाईएको ती बालिकाको छोरीको जन्म दर्ताको प्रमाण पत्र अनुसार पनि १५ वर्ष उमेर रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान थालेको प्रहरीले अभिभावकसंग बालिकाको जन्मदर्ताको  प्रमाण पत्र माग गरेको थियो । इप्रका निजगढका निरीक्षक चुडाली कसैको दवावमा परेर प्रहरीले कानुनी कारवाही रोक्न नसक्ने बताउछन । ‘सबुत प्रमाणको आधारमा कानुनी कारवाहीको लागि अदालतमा मुद्दा हाल्छौं,’ उनले भने, दुबै पक्ष राजी भए भन्दैमा घटना ढाकछोप गर्न मिल्दैन ।’
प्रहरीले सागरलाई गत आइतबार पक्राउ गरी भोली पल्ट म्याद अदालतबाट १० दिनको लागि म्याद थपेर अनुसन्धान अगाडी बढाएको थियो । म्याद थप गरेको मिति आज मंगलबार सकिदैछ भने पुनः म्याद थप गरेर अनुसन्धान जारी राख्ने प्रहरीको तयारी छ ।
प्रहरीले सागरमाथि जिल्ला अदालत बाराबाट १० दिनको म्याद थप गरी बयान लिईरहेको छ ।
यसरी भयो बलत्कार 
किशोरले जवरजस्ति गरेपछि बालिकाले गरेको हारगुहार सुनेर भेला भएका स्थानीय युवाले किशोरलाई घटना स्थलबाटै समातेर प्रहरीको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । ‘अपरिचित बालिकालाई मोबाइल फोनबाट सम्पर्क गरी जरुरी कुरा गर्नु छ भनी एकान्तमा बोलाएर बलत्कार गरेको पाइयो, इप्रका निजगढका प्रहरी निरीक्षक पंकज चुडालीले भने, फोन संम्पर्कबाट आफु नजिकको नातेदार भएको र जरुरी काम परेकोले भेट्न भन्दै बालिकालाई गाउ नजिक जंगल छेउमा बोलाएर किशोरले बलत्कार गरेका रहेछन ।’ किशोरले अर्का एक साथीमार्फत बालिकाको मोबाइल नम्बर लिएर ४ दिनअघि देखि मात्र फोनमा कुरा गर्न थालेको पनि निरीक्षक चुडालीले बताए ।
प्रहरी हिरासतमा रहेका सागरले पनि आफुले पहिले नभेटको र साथीबाट नम्बर लिएर फोन सम्पर्क गरेर भेटेको निजगढसमाचारलाई बताए ।
बालिकालाई बलत्कार नभई मनमिलेर यौनसम्बन्ध भएको दाबी सागरले गरेका छन् ।
मामा घरमा बसेर स्थानीय नेराउमावि रतनपुरीको कक्षा ८ मा अध्ययनरत बालिकालाई घटनापछि असुरक्षित महशुस गरेका अभिभावकले हाल आफ्नै घरमा लगेका छन ।

Post a Comment

 
Top