Latest News

0
निजगढसमाचार, निजगढ, २३ पुस
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद चन्द्र भण्डारीले नेपाली कांग्रेस पार्टीको नेतृत्वमा पुग्न युवा पक्तिलाई अझैं पाँच वर्ष लाग्ने बताएका छन् । आगामी महाधिवेशनलाई लक्षित गरी देश दौडाहामा निस्किएका युवा नेता भण्डारीले बाराको निजगढमा यस्तो बताएका हुन् ।
एक महिना अघि गृह जिल्ला गुल्मी पुग्दा नेता भण्डारीले कांग्रेसको नेतृत्व युवा पक्तिलाई सुम्पिनु पर्ने बताएका थिए । तर निजगढमा नेता भण्डारीले अरु केही वर्ष कांग्रेसको नेतृत्वमा बुढा नेताहरुनै रहने अवस्था रहेको भन्दै युवाहरुले नेतृत्व लिनका लागि अझैं पाँच वर्ष कुर्नु पर्ने बताएका हुन् । ‘युवाले नेतृत्व लिन अझैं संघर्ष गर्नुपर्छ’, नेता भण्डारीले भने– जति संघर्ष गरे पनि यो पा“च वर्ष त्यो सम्भावना छैन् ।’
नेता भण्डारीको भनाई उदृत गर्दै कार्यक्रममा सहभागि एक नेताले भने–‘युवा नेतृत्वमा नपुग्नुमा युवाहरुकै कमजोरी छ,’ भने–बाहिर चर्का कुरा गरे पनि नेतृत्वको अगाडी पर्दा कसैले सामना गर्न सकेको छैन् ।’
अहिले नेतृत्वको दाबी गरिरहेका पार्टी सभापति शुशिल कोईराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको समेत आलोचना गर्दै नेता भण्डारीले युवाको नेतृत्व नआएसम्म कांग्रेस अघि बढ्न नसक्ने बताएका थिए ।
नेपाली कांग्रेस निजगढ नगर कमिटीको कार्यालयमा भएको कार्यक्रममा नेता भण्डारीले जारी मधेस आन्दोलन र नाकाबन्दीको अन्त्यको लागि कार्यदल निर्माण भएको र यसले चा“डैनै निकास निकाल्ने विश्वास ब्यक्त गरेका थिए ।
महाधिवेशनलाई ध्यानमा राखेर पार्टीका कार्यकर्तालाई भेटेका नेता भण्डारी विहीबार बाराको निजगढको कार्यक्रम सकेर रौतहटको चन्द्रपुर लागेका छन् । चुनाबको प्रचार गर्दै सांसद राकेश सिंह र पूर्वसभासद् शोभाकर पराजुली समेत उनीसंगै निजगढ हुदै चन्द्रपुर लागेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस निजगढ नगर कमिटी सभापति सुरेश खनाल, महासमिति सदस्य पेमासिद्धी लामा, महाधिवेशन प्रतिनिधि मिना लामा लगायत स्थानीय नेता–कार्यकर्ता सहभागि थिए ।

Post a Comment

 
Top