0


निजगढसमाचार, निजगढ
जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख जितेन्द्र यादबले  केरा खेतीको विमा नगर्दा किसानले धोखा पाएको बताएका छन् ।
बाराको निजगढमा हिमचुली साना किसान कृषि सहकारी संस्था लि. को पा“चौं वार्षिक साधारण सभामा बोल्दै गर्दै यादबले यस्तो बताएका हुन् ।
निजगढका किसानले लगाएको ब्यवसायिक केरा खेती जंगली हात्तीको बथानले नष्ट गरेको प्रसंग कोट्याउ“दै प्रमुख यादबले किसानले विमा नगर्दा विमा कम्पनीबाट पाउने सुविधा पाउन नसकेको बताए । निजगढलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा गत वर्षदेखि कृषि विकास कार्यालयले यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गर्न अनुदान दिने उनले बताए । निजगढमा सिचाईको समस्यालाई समाधान गर्न डिट्यूबको लागि सहयोगलाई निरन्तरता दिने जनाउदै यादबले समुह र सहकारी मार्फत खेती गर्ने किसानलाई सिचाई विभागले सहयोग गर्ने सुमेत बताए ।

Post a Comment

 
Top