0

निजगढसमाचार, निजगढ
वर्षको एक पटक विशेष दिन तोकर दिवस मनाईन्छ । धेरै दिवस र चाडपर्व मनाउने मुलुकको रुपमा नेपाललाई बुझ्न थालिएको छ ।
हाम्रो नेपाली दिवस र अन्र्तराष्ट्रिय गरि दुई प्रकारकै दिवस मनाउने गरिएको छ ।
नेपालको मौलिक दिवस सरकारले घोषणा गर्दछ भने अन्र्तराष्ट्रिय दिवस भने संयुक्त राष्ट्रसंघले महासभाबाट पारित भएर घोषणा गर्ने परम्परा छ ।
सन् २०१५ मा यस्तै एउटा दिवस थपिएको थियो –योग दिवस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा यो दिवस महासभाले पारित गरेर सुरु विश्वभर मनाउन थालिएको छ ।
तीन वर्ष यता जनस्तरबाट मनाउन सुरु गरिएको दिवस हो –अन्र्तराष्ट्रिय टोपी दिवस । नेपालीले मनाउने यो दिवसलाई न त सरकारले नै मान्यता दिएको छ न त संयुक्त राष्ट्रसंघले नै । प्रवासमा रहेका नेपालीहरुले मनाउन सुरु गरेको यो दिवस अहिले देशभित्रका शहरहरुमा पनि मनाउन थालिएको छ ।
सरकारले घोषणा गरेको स्मार्ट सिटी निजगढमा पनि जनवरी १ मा यो दिवस मनार्ईएको छ ।
निजगढका स्थानीय तथा निजगढमा रहेका विभिन्न कार्यालय तथा शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारीहरुले मनाएका हुन् ।
‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ निजगढका विभिन्न स्थानमा सामुहिक रुपमा ढाका टोपी र भादगाउले टोपीमा सजिएर तस्वीर खिचेर दिवस मनाईएको गौरी शंकर उच्च माध्यमिक विद्यालयका प्रार्चाय सुदर्शन कोईरालाले जानकारी     दिए ।
स्थानीय युवा तथा कर्मचारीहरु शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन शहीद चोक तथा स्थानीय विद्यालय पुगेका थिए । निजगढ गौरीशंकर उमा विका शिक्षकहरुले पनि एक साथ नेपाली टोपी लगाएर टोपी दिवस मनाएका थिए । निजगढ–९ मा रहेको अनमोल डेरी सेन्टरमा जम्मा भएर सामुहिक रुपमा खिचिएको तस्विर अहिले सामाजिक सञ्जालमा प्रशस्त भेटिएका छन् ।
केहि दिन अघि देखी सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका थिए ।
भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने बताएका थिए ।
दिवस मनाउन निजगढ गाविसका पूर्वउपाध्यक्ष अम्बिका चौलागाई, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतम, कुमारी बैंक निजगढ शाखाका प्रमुख युवराज भट्टराई, शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मणीश्वर घिमिरे, शिक्षक खड्ग श्रेष्ठ, रुद्र घिताल, बोधनाथ चौलागाई लगायत भेला भएका थिए ।

Post a Comment

 
Top