0
निर्वाहामुखि कृषि व्यवसाय कहिलेसम्म ?

  • एक बहादुर श्रेष्ठ

नेपालको ऐतिहासिक उपलब्धिको रुपमा २०७२ सालमा संविधान पाएका छौं । यसलाई नेपाली समाजको सवै वर्ग, भाषा, लि·, मानव समुदायको सम्पत्तिको रुपमा लिन जरुरी छ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जानु पर्ने तपाई हाम्रो कर्तव्य र दायित्व हुन्छ । संविधानलाई नेपाली जनताको वृहत हितमा प्रयोग गरी कार्यान्वयन गर्न थप कानून बनाई अगाडी बढाउनु पर्ने समयमा केही क्षेत्रिय दलहरुबाट संविधानको बारेमा जनताको बिचमा गलत भ्रम सिर्जना गर्ने काम भईरहेको छ भने अर्को तिर नाकाबन्दी गरी नेपाली जनताको चुलोमा समेत नाकाबन्दी लागेको अवस्था छ । एउटा निश्चित विधि र प्रक्रियाबाट ९२ प्रतिशत नेपाली जनताको जनप्रतिनिधि मूलक संविधान सभाबाट निर्मित विश्वको उत्कृष्ट संविधानलाई तोडमोड गरी गलत भ्रम सिर्जना विरुद्धमा सम्पूर्ण सहकारी प्रेमी एकजुट हुनु पर्ने जरुरी छ । 
अहिले भई राखेको विशम परिस्थितिलाई मध्ये नजर गर्ने हो भने नेपाली जनताको मूल्य मान्यता र स्वाभिमान माथि चोट पुगिराखेको र देशको अर्थतन्त्र जरजर अवस्थामा पुगि सकेको छ । एकातिर भुकम्पले देशलाई थिल थिल बनाएको अवस्थामा अर्कोतिर अहिलेको नाकाबन्दीले देश बन्धक बनेको स्थिती छ । यस अवस्थामा अधिकांश उद्योग, व्यापार, व्यवसाय संकटमा पुगि सकेको छ भने सयौं उद्योग कलकारखाना व्यवसाय बन्द भएको अवस्था छ । अधिकांश समुदायका मानिसहरु जीविकोपार्जनको लागि कसरी निर्वाह गर्न सकिन्छ भन्ने तिर लागेको अवस्था छ । यस परिस्थितिमा सहकारी संस्थाहरु पनि अलग रहेको अवस्था छैन । 
हामीले नेतृत्व गरेको हिमचुली साना किसाना कृषि सहकारी यस संस्था स्थापनाकालल देखि हाल सम्म धेरै खालको आरोह र अवरोह पार गर्दै यहां आईपुगेको छ । संस्थालाई समयानुकुल विकास र विस्तार गरी सबै शेयर सदस्यहरुलाई व्यवसायी, उद्यमशिल, प्रविधि, उत्पादनमुखि बनाई अगाडी बढाउनु आजको आवश्यक्ता भएको छ । आजको प्रतिस्पर्धात्मक युगमा संस्थालाई श्रेष्ठता हासिल गराउनु सम्पूर्ण शेयर सदस्यहरुको जिम्मेवारी र कर्तव्य हुन आउंछ । संस्थाको उत्थान र विकासको लागि सुशासन, आर्थिक पारदर्शिता, मित्तव्ययी रुपमा संचालन प्रणाली हुनु अनिवार्य शर्त हो । सहकारी संस्थाको अन्तराष्ट्रिय सहकारीको मूल्य मान्यतालाई आधार बनाई अगाडी बढाउनु नै हाम्रो मुख्य दायित्व र जिम्मेवारी हुनेछ । 
त्यसैले कृषि क्षेत्रको विकास नगरी सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास गर्न सक्ने अवस्था छैन । तपाई हामीमा पनि निर्वाहामुखि कृषि व्यवसाय गरि राखेको छौ । आज सम्म यसले निर्वाहमा चलिरहेको छ भने अरु थप काम किन गर्नु प¥र्यो भनि मेहनत नगर्ने बानि छ । यस किसिमको निर्वाहा मुखि प्रवृत्तीलाई परिवर्तन गरि तपाई हामीमा व्यवसायिक मुखि सोचको विकास गर्नु जरुरी छ । तपाई हामीसंग भएको अमूल्य सम्पत्ति भुमि हो र हामीसंग भएको भुमिलाई अत्याधिक मात्रामा प्रयोगमा ल्याउनु जरुरी छ । बढी भन्दा बढी उत्पादन कार्यमा बढाउने खालको कृषि कार्य संचालन गर्नु आवश्यकता छ । 
तपाई हामी बिचमा न्यून आय भएका वा नभएका सबै तहका कृषि क्षेत्रमा समावेश भएका वर्ग र समुदायका हितमा हाम्रो आफेनो कार्य क्षेत्रको भुमिकालाई अझ व्यवस्थित र संगठीत गरी सबै किसान, कृषि व्यवसायि, व्यापार, उद्योगी, उद्यमशिलहरुको बिचमा पु¥याउनु पर्ने दायित्व तथा जिम्मेवारी रहेको हुन्छ र हामी बिचमा आईपर्ने समस्या र चुनौतीको सामना गर्नु हामी सबैको परम कर्तव्य हो । 
यदी तपाई हामीमा लगानीको विश्वास र प्रतिवद्धता भएमा सहकारीको माध्यमबाट हाम्रो समाजको विकासलाई अगाडी बढाउन विभिन्न सम्भावनाहरु देखा परेका छन् । त्यस अनुसार विकास भएको अवस्था पनि छ । तपाई हामीले सहकारी क्षेत्रलाई समुदायमा आधारित तथा सदस्यहरु केन्द्रित बनाई आधुनिक व्यवसायि, उद्यमशिल बनाउनु जिम्मेवारी हुन्छ । संस्थाले सामान्य रुपमा वित्तिय कारोबार मात्रै गर्ने नभई सामाजिक तथा सामुदायिक कार्यव्रmमको क्षेत्रमा समेत कार्यहरु गर्नु जरुरी छ । संस्थालाई आर्थिक मितव्ययी पारदर्शि रुपमा जीवित राख्नु मुख्य दायित्व सबै सदस्यको हुनेछ । ‘सबै शेयर सदस्य समूहमा आवद्धता, समूह निर्माण अभियानमा सबैको सहभागिता’ को अभियान तपाई हामी सबै शेयर सदस्यहरुको आफ्नो कर्तव्य र दायित्व सम्झेर लाग्नु जरुरी छ । प्रत्येक शेयर सदस्यहरुले संस्थाको लागि सामाजिक उत्तरदायित्वको रुपमा अगाडी बढाउनु पर्दछ । संस्थाले शेयर सदस्य विस्तार सहित समूह विस्तार कार्यलाई निरन्तर अगाडी बढाई राखेको छ । त्यसलाई संस्थागत रुपमा प्रदान गर्दै गएको अवस्था छ । संस्थाले निजगढ नगरपालिका वडा नं. ७ लिचिटोलमा २ का जमिन आफ्नो नाममा खरिद गरेको छ साथै भवन निर्माणको लागि भवन निर्माण कोष खडा गरि चाडों भन्दा चाडों आफ्नै भवनबाट सेवा संचालन गर्ने लक्ष्य राखिएको छ ।
संस्थालाई समयअनुसार व्यवस्थापन तथा परिमार्जन गर्दै सहकारी सिद्धान्त, नीति तथा मापदण्ड समेतलाई आधार बनाई समृद्ध संस्थाको रुपमा अगाडी बढाउनु तपाई हामी सबैको साझा कर्तव्य र दायित्व हुन आउंछ । यस संस्थाको विनियमलाई धेरै पटक संशोधन गरी कार्यान्वयनमा ल्याएको अवस्था छ । त्यसको लागि समयानुकुल परिमार्जन सहित पुर्नलेखन गर्नु पर्ने जुरुरी भएको हुनाले विनियमलाई पुर्नलेखन गरिएको छ भने अन्य कर्मचारी प्रशासन नीति, आर्थिक प्रशासनीक नीति, लघुवित्त परिचालन नीति, बचत तथा ऋण नीति, सदस्य सुरक्षा तथा आपतकालिन र सहानुभुति कोष नीतिलाई साधारण सभामा प्रस्तुत गरिने कार्यक्रम छ । यी सबै निति नियमहरुले संस्थालाई संस्थागत गर्नको लागि मेरुदण्डको रुपमा काम गर्नेछ । 
साथै आगामि बर्ष २०७२/०७३ को कार्ययोजनाहरु निम्न अनुसार रहेको छ । 
  हामीले समूह निर्माण अभियानलाई व्यापक बनाउने कार्यलाई निरन्तरता दिने छौं । त्यस्तै   नियमित ब्याज तिर्ने ऋणीलाई ब्याज छुट गरि ग्रिनकार्डको व्यवस्था गर्ने,   कृषि तथा पशुपालन क्षेत्रको लगानिलाई वृद्धि गर्ने, कृषि उत्पादीत वस्तुको बजार व्यवस्थापन गर्ने कार्ययोजना अघि सारेका छौं । पशुपालन तथा उन्नत जातको कृषि उपज, बिऊ बिजन वितरणको परियोजना तयार गरी आफ्नो शेयर सदस्यहरुलाई छुटमा वितरणको व्यवस्था गर्ने, आगामि २ बर्षलाई संस्थाको निर्माणको बर्षको रुपमा अगाडी बढाउने योजना रहेको छ । 
त्यस्तै संस्थाको ५ बर्ष देखि १० बर्षिय गुरु योजना निर्माण गर्ने, कृषि सूचना केन्द्र तथा कृषि पुस्तकालय स्थापना गर्ने, सरकारी तथा गै्रर सरकारी संघ संस्था संगको संयुक्त लगानिमा सामुदायिक रेडियो संचालन गर्ने योजना समेत रहेको    छ । हामीले विभिन्न संघ संस्था मिलेर स्वास्थ्य शिविर संचालन गर्ने उद्देश्य राखेका छौं । 
  शेयर सदस्यहरुलाई आय आर्जनको लागि कृषि संग सम्बन्धित मेसिन तथा औजार खरिद गर्ने, छोटो अवधिको प्राविधिक तालिम संचालन गर्ने, संस्थाको शेयर सदस्यहरुका छोराछोरीहरुलाई सर्व शुलभ गुणस्तरिय शिक्षा प्रदान गर्न प्राविधिक विद्यालय संचालन गर्ने, संस्थाले निति बनार्ई कृषि, पशुपालन तथा वैकल्पिक उर्जा तथा गोबर ग्यांस शिर्षकमा ऋण लिने नियमित बचत गर्ने शेयर सदस्यहरुलाइ ब्याजदरमा छुटको व्यवस्था गर्ने योजना छन् ।
  हामीले उद्देश्य तथा कार्यनीति मिल्ने सहकारी संस्था संग एकिकरण अभियान संचालन गर्ने, संस्थाको शेयर सदस्यहरुलाई समूहगत रुपमा विभिन्न कृषि सम्बन्धि तालिमको व्यवस्था गरि उनिहरुलाई व्यवसायिकरण गर्ने, संस्थागत पुंजीको विकास गर्दै लगानीमा वृद्धि गर्ने, अन्य बैंक तथा वित्तिय संस्थाहरु संग समन्वय गरि कर्जा सापटी लिने व्यवस्था मिलाई संस्थाको लगानीमा वृद्धि गर्ने योजना राखेका छौं । 
  त्यसै गरि कृषि उद्योग स्थापना तथा संचालनको लागि स्थानिय सहकारी संघ संस्था संग समन्वय गरि अगाडी बढ्ने, समूहमा आवद्ध शेयर सदस्यहरुको क्षेत्रगत सम्भाव्यता अध्ययन सहित पहिचान गरि सिंचाईको लागि डिप वोरि·को सिफारिस तथा सहयोगको वातावरण सिर्जना गर्ने, समूहमा आधारित कृषि व्यवसाय ऋणको ब्याजमा विशेष छुटको व्यवस्थाख गर्ने, बिमा कम्पनीहरु तथा वित्तिय संस्थाहरु संग समन्वय गरि पशु तथा बालि विमाको प्रबन्ध मिलाउने छौं ।
यसैगरि ऋण बिमाको व्यवस्था गर्ने, कर्मचारीको उन्नतिको लागि विभिन्न तालिमको व्यवस्था गरि क्षमता विकास गर्ने, शेयर सदस्यका जेहेन्दार तथा उत्कृष्ट छोरा÷छोरीलाई प्रदान गर्ने छात्रवृत्तिलाई निरन्तरता दिने योजना छ ।
  यसैगरि भवन निर्माण कोष निर्माण गर्ने, संस्थाको वेवसाईड निर्माण गर्ने योजना रहेको छ ।
हिमचुली नै किन ? 
संस्थाको सदस्यहरुले आफ्नो व्यवसायिक, उद्योग, कृषि, पशुपालन तथा शैक्षिक आदिमा रु. पाँच लाख  सम्म ऋण सुविधा दिदैं आएका छौं । त्यस्तै संस्थाको शेयर सदस्यहरुले बिना धितो समूह जमानीमा निश्चित ऋण पाइने ब्यवस्था रहेको छ ।
  संस्थाको शेयर सदस्यहरुको लघु कर्जाको ब्याजमा छुट प्रदान गरिदै आएको छ । संस्थाले आफ्नो शेयर सदस्यहरुलाई उत्पादन व्यवसायि मुखि बनाउने योजना रहेको छ ।
  त्यसैगरि संस्थाले आफ्नो शेयर सदस्यहरुलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने, संस्थाको शेयर सदस्यहरुलाई सेवा मुखीमा अभिमुखिकरण गराउने, शेयर सदस्यले ऋण लिंदा दृष्टिबन्धक गर्दा सेवा शुल्क नलाग्ने, शेयर सदस्यहरुले ऋण लिंई धितो मूल्यांकन गर्दा अन्य शुल्क नलाग्ने, कृषि र पशुपालनमा उत्पादनशिल व्यवसायिक कार्यक्रम संचालन गरेमा कम ब्याजदरमा ऋण उपलब्ध हुने, अन्तराष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित रही काम गरेको पाइने र सेवाग्राहीलाई सरल र सुलभ ढंगले सेवा प्रदान गरेको पाइने सुविधा दिदैं आएका छौं ।
समस्या तथा चुनैतिहरु
हाम्रा किसानहरुका धेरै समस्या र चुनौतिहरु छन् । प्रमुख चुनौति भनेको सिंचाई नै हो । सबै स्थानमा सिंचाईको व्यवस्था हुन सकेको छैन् । 
त्यस्तै व्यवसायिक तरिका उत्पादन तथा बजारिकरणको अभाव रहेको छ । सबैमा संस्थागत प्रणलीमा चल्ने बानीको कमी हुनु, समयमा विऊ बिजन, मलखादको आपूर्ति नहुनु, यूवाहरुमा कृषि क्षेत्रमा उत्पादन तथा व्यवसायिकरणको अभाव हुनु र राज्यबाट कृषि तथा पशु व्यवसायीक क्षेत्रमा लगानि तथा तालिमको अभाव हुनु चुनौति र समस्या हुन् ।
       श्रेष्ठ हिमचुली साना किसान कृषि सहकारी संस्था लि. निजगढ–९ का अध्यक्ष हुन् ।

Post a Comment

 
Top