0
निजगढसमाचार, पथलैया
बाराको गढीमाई–१ पथलैयामा शुक्रबार सा“झ निजगढको आवाज गुञ्जिएको छ ।
अंग्रेजी नया वर्ष सन् २००१६ को अवसरमा जिन भोड्काको प्रायोजनमा आयोजित लाईभ कन्र्सटमा निजगढको आवाज गञ्जिएको हो ।
निजगढमा पाच वर्षदेखि सञ्चालनमा रहेको अन्ननोन ब्याण्डले पथलैयाको नेपाल राष्ट्रिय उच्च माविको ग्राउण्ड गञ्जेमान बनाएको थियो ।
ब्याण्डले पींजडाको सुगा.., खैरो खैरो कपाल तिम्रो.. र हाम्रो नेपाल हामी नेपाली.. बोलको गितमा आफ्नो प्रस्तुति दिएको थियो ।
ब्याण्डका भोकलिष्ट रोशन खड्कीको स्वरमा ड्रमर आशिष लामा, लिड गिटारिष्ट राजकुमार तामा·, बेस गिटारिष्ट सोमसिंह लामा र रिदममा राजेश शाहीले साथ दिएका थिए ।
निजगढ सहित चपुर, वीरगंज लगायत शहरहरुमा समेत आफ्नो प्रस्तुति दिईसकेको अन्ननोन ब्याण्डको पथलैयामा भने पहिलो कार्यक्रम भएको ब्याण्ड म्यानेजर सोमसि· लामाले बताए ।
ब्याण्डले चाडै नै आफ्नै गित समेत बजारमा ल्याउने तयार गरिरहेको लामाले जनाए ।
‘एउटा गित त रेकर्ड भईसक्यो, अरु गितको रेकर्डको तयारी भईरहेको छ,’ ब्याण्ड म्यानेजर लामाले भने–‘४/५ वटा रेकर्ड भईसकेपछि मात्र रिलिज गर्ने योजना छ ।’
ब्याण्डको फर्कि फर्कि.. बोलको गित रेकर्ड भईसकेको र अहिले हामी नेपाली.. बोलको गित भने रेकडि·को तयारीमा रहेको छ ।
युवा समाजले आयोजना गरेको लाईभ कन्र्सटमा नेपालकै चर्चित गायिका मौषमी गुरु· सहित पनाम ब्याण्डको समुहले प्रस्तुति दिएका थिए ।


Post a Comment

 
Top